पोखरा, २२ फागुन
साबिक लेखनाथ मा पहिलो पटक वडा स्तरिय महिला सन्जाल गठन भयेको छ । पोखरा वडा न २६ को पहल मा हिजो महिला सन्जाल गठन भयेको हो ।
पोखरा २६ को वडा कार्यालय मा आइतबार स्थानीय महिला हरु भेला भयेर संजाल गठन गरेका हुन ।
स्थानीय तह मा लक्षित बर्ग बजेट कार्यन्वयन गर्न उपयुक्त उपभोक्त समिती को अभाव पूरा गर्न स्थानीय महिला सन्जाल आवस्यक भयेको वडा २६ कि वडा सचिब मिना भट्टराई भन्डारी ले जनाउनु भयो ।
उक्त सन्जाल को संयोजक मा स्थानीय सामजिक कार्यकर्ता लक्ष्मी देवि भट्टराई चयन भयेकी छिन । भट्टराई को सम्योजकत्व मा उक्त भेला ले ७ सदस्यीय तदर्थ समिती गठन गरेको हो ।
उक्त समिती ले अन्य महिला लाई पनि समिती मा आवद्द गर्दै स्थानीय बिकास का काम गर्ने उक्त भेला मा बताइयेको थियो ।
समितिमा स्थानीय स्तर मा राजनिती र सामाजिक काम मा सक्रिय महिलाहरु छन ।
Discussion about this post