• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

रामज्योति मावि ४४ औं वर्षमा प्रवेश

Lekhnath Khabar by Lekhnath Khabar
March 1, 2023
in शिक्षा, समाचार, स्थानीय
0
0
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १७ फागुन । पोखरा महानगरपालिका वडा नं २६ को वुढिवजारमा रहेको रामज्योति माध्यमिक विद्यालय ४४ औं वर्षमा प्रवेश गरेको छ । विद्यालयले वुधवार विविध कार्यक्रमका साथ आफनो ४३ औं बार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले आफु पनि विद्यालयको पुर्व विद्यार्थी भएकोमा गर्वको महशुस भएको वताउँदै विद्यार्थीलाई स्कुलको पढाईले मात्र पर्याप्त नहुने र घरमा हुँदा पनि अभिभावकले पढाईमा प्रेरीत गर्नुपर्ने वताएका थिए ।

वडाध्यक्ष थापाले पछिल्लो क्रममा विधार्थीहरुमा मोबाईलको लत बस्ने गरेको वताउँदै यस विषयमा अभिभावकले निगरानी गर्नुपर्ने वताएका थिए । थापाले वडाध्यक्ष हुनुभन्दा अघि आफु कुनै राजनितिक दलबाट आएको भएपनि वडाध्यक्ष भईसकेपछि सबैको साझा प्रतिनिधि भएको वताउँदै यो वा त्यो राजनितिक दल नभनी समग्र वडाको विकास र समृद्धिको लागी लागीपर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा भगवती हाईडोपवारका निर्देशक ई.बसन्त मोहन भटराईले कितावी ज्ञानसगै प्रविधी र ब्यवहारीक शिक्षाको अवस्यकता रहेको बताएका थिए भने लायन्स क्लव लेखनाथका अध्यक्ष तिलकशालि सापकोटाले विद्यार्थीलाई कसरी सामाजिक क्षेत्रमा पनि समाहित गर्न सकिन्छ भन्ने बारेमा हामी सवै जानकार हुनु पर्ने सुझाव राखेका थिए ।

विद्यालयका प्रधानाध्यापक गुमनाथ लामिछानेले विद्यालयको प्रगति विवरण र भावी योजनाका वारेमा जानकारी गराउदै सरकारी तहको दरवन्दी कम हुदाँ पठन पाठनमा समस्या सृजना आएको गुनासो राखेका थिए भने पोखरा महानगर शिक्षा महाशाखाका वरिष्ठ अधिकृत बद्री प्रसाद सुवेदीले दुई तहको शिक्षा नितीको अन्त्य हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा लक्ष्मी मावि का सहायक प्रअ विष्णु तिवारीले मोवाइलको दुरुपयोग भइरहेको छ कि भन्ने विषयमा अभिभावकले निगरानी राख्नुपर्ने सुझाव राखेका थिए भने स्थानिय शिक्षासेवी कोमलनाथले आत्मनिर्भर शिक्षा दिने विषयमा नीति निर्माताहरुले सोच्नुपर्ने बेला भएको, निशुल्क शिक्षाको नीति हुनु तर कार्यन्वयन नहुनु दुखद विषय भएको धारणा व्यक्त गरेका थिए ।

यस्तै सल्लाहकार मन बहादुर गुरुङ्गले शिक्षक अभिभावक र विद्यार्थी विचको पारस्परीक सम्बन्ध र समन्वयबाट गुणस्थरीय शिक्षा प्रदान गर्न सकिने सुभाव व्यक्त गरेका थिए भने उक्त विद्यालयका पुर्व प्रअ सुर्यनाथ बरालले आफुले स्थापना गरेको गरिब, दलित, असाह्य र जेहेन्दार गरी ४ विद्यार्थीलाई रु ५०० को दरले छात्रवृती रकम वितरण गरेका थिए ।

उक्त अवसरमा शैक्षिक एवं खेलकुद गतिविधिमा उत्कृष्ट विद्यार्थिहरुलाई पुरस्कार वितरण गर्नुका साथै विद्यालयका पुर्व अध्यक्षहरु, पुर्व प्रधानाध्यापकहरु, अक्षयकोषदाताहरु र असल अभिभावकहरुलाई समेत सम्मान गरिएको थियो भने उत्कृष्ट शिक्षक शिक्षिकाको रुपमा प्रकाश लामिछाने, प्रकाश खड्का, डिलकुमारी लामिछाने, जौमाया लामिछाने, ऋषिमाया बराल, राजकुमारी थापा, र सावित्रा गुरुङ लाई सम्मान गरिएको थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक स्वागत गणेश प्रसाद अधिकारी र विद्यार्थी अभिषेक विकले गरेका थिए भने कार्यक्रमको संचालन शिक्षक भोजराज बराल र सम्झना आचार्य, प्रकाश खड्का र प्रकाश लामिछानेले गरेका थिए ।

२०३७ सालमा स्थापना भएको विद्यालय हाल ३ सय ५३ विद्यार्थि र २१ जना शिक्षक कर्मचारी कार्यरत छन । जम्मा ९ जनाको मात्र सरकारी दरबन्दी रहेको उक्त विद्यालयमा १२ जना निजी श्रोतबाट अध्यापनरत छन । पुर्ण रुपमा अंग्रेजी माध्यममा पढाइ हुँदै आएको उक्त विद्यालयमा अंग्रेजी माध्यममा पढाइ हुन थालेपछी यस वर्ष मात्रै ९८ जना नयाँ विद्यार्थि थपिएको विद्यालयका प्रधानाध्यापक गुमनाथ लामिछानेले वताए ।

Previous Post

क्यान्सर र छारे रोगबाट पिडितलाई सहयोग

Next Post

चेतनशील आदर्श क्लवको रक्तदान कार्यक्रम सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
चेतनशील आदर्श क्लवको रक्तदान कार्यक्रम सम्पन्न

चेतनशील आदर्श क्लवको रक्तदान कार्यक्रम सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?