• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

क्यान्सर र छारे रोगबाट पिडितलाई सहयोग

Lekhnath Khabar by Lekhnath Khabar
March 1, 2023
in समाचार, समाज, स्थानीय
0
0
SHARES
104
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली

फागुन १६, लेखनाथ । लामो समयदेखी क्यान्सर र छारे रोगबाट पिडित परिवारलाई धादिङ पोखरा क्षेत्र नं. २ लेखनाथ कल्याणकारी समाजले आर्थिक एवं खाद्यान्न सहयोग गरेको छ ।

पोखरा महानगरपालिका वडा नं. २६ जल्धारे स्थित चेत बहादुर भटृको परिवारलाई समाजले नगद ५ हजार सहित ५ बोरा चामल, दान, तेल, नुन लगायतका खाद्यान्न सहयोग गरेको समाजका अध्यक्ष बुद्धराज बस्यालले वताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा धादिङ सम्पर्क समाजका अध्यक्ष राजु पाण्डे, धादिङ पोखरा क्षेत्र नं. २ लेखनाथ कल्याणकारी समाजका बरिष्ठ सल्लाहकार गोपाल नेपाली, महासचिव मिस्टर रोका र सचिव बाबुराम तिमिल्सीनाले सामाजीक कार्यमा सक्रिय रहँदै आएको समाजले उपचारमा केही राहत होओस भन्ने हेतुले समाजका सदस्यहरुविच नै रकम संकलन गरेर सहयोग गरेको वताए ।

६० वर्षिय भटृ लामो समयदेखी आन्द्राको क्यान्सरबाट पिडित छन भने उनका ३ छोरा मध्ये माईलो छोरा किसान भटृलाई छारे रोग र पक्षघातको समस्या छ भने कान्छा छोरा शुसिल भटृ समेत छारे रोगबाट पिडित छन । उनका जेठा छोरा उदय भटृ भने ज्याला मजदुरीको भरमा जिवन गुजारा गर्र्दै आएका छन ।

आफु वृद्ध भएको र श्रीमान र २ छोराहरु समेत रोगी भएका कारण औषधीको खर्च समेत धान्न गाह्रो परेको वताउँछीन ६० वर्षीया नन्द भटृ–“मेरो पनि वुढेसकाल लाग्यो, वुढा यस्तो रोगी छ, छोराको औषधी खर्च ३ महिनामा १२ हजार लाग्छ, मैले कताबाट ल्याउने ?”

बेला बेला विभिन्न संघ संस्था र व्यक्तिहरुले गरेको सहयोगले नै गुजारा चल्ने गरेको उनले वताईन । छोराको उपचार गराउनको ईच्छा भएको तर आर्थिक श्रोत नभएपछि जेनतेन औषधीको भरमा राख्नुपरेको उनको भनाई छ ।

६३ वर्षिय चेत बहादुर भटृ भन्छन–“माईलो छोरा किसान भटृलाई ढल्ने रोग सँगै आधा हर समेत नचल्ने समस्या छ, डाक्टरले दिमागको नसा सुकेको कारण आधा हर नचलेको भन्छन, अपाङ्ग भक्ता पाईन्छ कि भनेर पनि पहल गरियो तर सामान्य समस्या हो भनेर वडावाट फकाईदिन्छन ।”

“आफु डाँडामाथिको घाम जस्तो भएपनि भर्खरका छोराहरुको समस्याले आफुलाई झन वढि चिन्ता लाग्ने उनले वताए । राम्रोसँग उपचार गराउन पाएदेखी निको हुने थियो होला, तर उपचार गर्ने खर्च कसरी जुटाउने ?”–उनी थप्छन । भटृले कुनै मनकारी संस्था वा व्यक्तिले सहयोग गरिदिएदेखी छोराहरुको उपचार गराउने आशा राख्दै सहयोगको याचना समेत गरेका छन ।

उनलाई सहयोग गर्नको लागी नेपाल ईन्भेष्टमेण्ट मेगा बैंक लि. मा रहेको खाता नं. २१४०५३९०००२१७२ मा समेत रकम जम्मा गर्न सकिनेछ भने मोबाईल नं.९८१९११०५०८ मा सम्पर्क गरेर प्रत्यक्ष रुपमा पनि सहयोग गर्न उनले आग्रह गरेका छन ।

Previous Post

धादिङ पोखरा क्षेत्र नं. २ लेखनाथ कल्याणकारी समाजको साधारणसभा तथा अधिवेशन

Next Post

रामज्योति मावि ४४ औं वर्षमा प्रवेश

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

Next Post
रामज्योति मावि ४४ औं वर्षमा प्रवेश

रामज्योति मावि ४४ औं वर्षमा प्रवेश

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?