लेखनाथ १३, फागुन।
पोखरा २७ मा रहेको दिपाङ ताल मत्स्य तथा कृषि उत्पादन सहकारी संस्थाको अधिबेशनले कृष्ण बहादुर रानाभाट लाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ। शनिवार सम्पन्न संस्थाको एक बिशेष अधिवेशनले कार्वाबाहक अध्यक्ष समेत रहेका रानाभाट लाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा शिवचन्द्र पाण्डे, कोषाध्यक्षमा दिपेन्द्र शर्मा, लेखा समिति सदस्य रामचन्द्र सुबेदी निर्वाचित भएका हुन्। त्यस्तै सदस्य हरुमा तिलक लामा, कृष्ण कुमारी लामिछाने, गोबिन्द खनाल, देवी तिवारी निर्वाचित भएका छन।
समुदायमा आश्रित रहेको सहकारीमा १ करोड ४३ लाख पूंजी र ५४८ शेयर सदस्य रहेका छन्।
तालको सौन्दर्य जोगाउँदै संरक्षण एवम् आय आर्जन बढाउनका लागि सहकारीले माछापालनलाई व्यवस्थित गर्दै आईरहेको छ। एक पटकमा १५ देखि ७५ किलोग्राम सम्म माछा निकाल्ने र बिक्रीबाट भएको आम्दानी सहकारी बचत कोषमा राख्ने गरिएको छ । माछा विक्रीबाट अघिल्लो वर्ष सहकारीले रु १० लाख आम्दानी गरेको थियो भने यस वर्ष करिव रु १२ लाख आम्दानी गरेको छ ।
Discussion about this post