लेखनाथ, ९ फागुन ।
लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा लेखनाथले मंगलबार आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४९ युनिट रगत संकलन भएको छ ।
कार्यक्रमको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले कार्यक्रमका संयोजक कुशराज तिमिल्सेनालाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाहीले राम्रो कामका लागि सिक्ने र सिकाउने अभियानमा लाग्न सवैलाई अनुरोध गर्दै सेवा केन्द्रले असल चरित्र भएको समाज निर्माणका लागि पहलकदमी लिनुपर्ने सुझाव व्यक्त गरेका थिए ।
उक्त अवसरमा ईलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख कमलराज भण्डारी, गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख सुमन कुमार तिमिल्सेना, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भिम पराजुली, सामुदायिक सेवा केन्द्र लेखनाथका संस्थापक अध्यक्ष मोती गिरी, पोखरा महानगरपालिका वडा नं २७ की वडा सदस्य बुद्धि कुमारी थापा मगर लगायतले सेवा केन्द्रका आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।
संस्थाका अधयक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष गंगा खनाल र कार्यक्रम संचालन सचिव केशवराज तिवारीले गरेका थिए ।
Discussion about this post