फागुन ९, लेखनाथ । लेखनाथ खानेपानी उपभोक्ता संस्थाद्वारा सुरक्षित खानेपानी समुदाय सम्बन्धि ३ दिने तालिम पोखरा ३१ बेगनासमा मंगलवारबाट शुरु भएको छ ।
संस्थाको आयोजना, खानेपानी तथा ढल व्यबस्थापन बिभाग र युनिसेफको सहयोगमा सन्चालित तालिममा खानेपानीलाई कसरी सुरक्षित राख्ने र त्यसबाट समुदायलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने विषयमा सुसूचित गरिने लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्माले जानकारी दिए ।

मंगलवार, बुधबार र बिहिवार गरि ३ दिन सम्म सन्चालन हुने तालिममा स्थानीय उपभोक्ता समितिका प्रतिनिधिहरु, बिद्यालयका शिक्षकहरु, स्वास्थ्य स्वयमसेविकाहरु, स्वास्थ्य केन्द्रका प्रतिनिधिहरु एवं उपभोक्ता हरुको सहभागिता रहेको छ ।
तालीममा खानेपानी तथा ढल व्यबस्थापन बिभाग\युनिसेफका कन्सलटेण्ट दिवाकर घिमीरे प्रशिक्षकको रूपमा रहेका छन ।







Discussion about this post