• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

वीर आधारभूत विद्यालयले स्वर्ण जयन्ती मनाउने

Lekhnath Khabar by Lekhnath Khabar
February 12, 2023
in समाचार, स्थानीय
0
0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ २८ माघ । पोखरा महानगरपालिका वडा नम्बर २७ रिठेपानीमा रहेको वीर आधारभूत विद्यालयले स्वर्ण जयन्ती मनाउने भएको छ । विद्यालयले आगामी फाल्गुन ७ गते विद्यालय स्थापना भएको ५० वर्ष पुगेको अवसरमा स्वर्ण जयन्ती मनाउन लागेको शनिवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

स्थापनाको ५० वर्ष पुगेको अवसरमा गत माघ ३ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या. इन्द्रबहादुर गुरुङको अध्यक्षतामा बसेको स्थानीय वुद्धिजिवी सहित सरोकारवालाहरुको भेलाले ७१ सदस्यीय मूल आयोजक समिति गठन गरी कार्य अगाडि बढाएको छ ।

विद्यालय स्थापना भएको ५०औं वर्ष पुगेको अवसरमा स्वर्ण जयन्तीलाई महोत्सवकै रुपमा मनाउन र कार्यक्रमहरु सफल बनाउनका लागि स्थानीय सबैले सक्दो सहयोग गर्ने र विद्यालय परिसरमा स्वर्णद्वारको निर्माण गर्ने निर्णय आम भेलाले नै गरिसकेको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।

महोत्सव सम्पन्न गर्नका निम्ति भौतिक निर्माण बाहेक करीब पाँच लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको र अर्थ संकलनका लागि रु. पाँच हजार भन्दा बढी सहयोग गर्ने चन्दादाताको नाम शिलामा लेखिने व्यवस्था गरिएको अध्यक्ष क्या. गुरुङले जानकारी दिए ।

आगामी फाल्गुन ७ गते स्वर्ण महोत्सव मनाउने सम्बन्धमा मुल आयोजक समिति सहित विभिन्न ९ उपसमितिहरु गठन भएका छन जसमा मुल आयोजक समितिको संयोजकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या. इन्द्र बहादुर गुरुङ, सह संयोजक शिक्षक अभिभावक संघका अध्यक्ष तिलकसिंह गुरुङ, सचिव प्र.अ. हेमचन्द्र अधिकारी रहेका छन् ।

९ सदस्यीयअर्थ संकलन समिति संयोजकमा क्या. गणेश प्रसाद गुरुङ रहेका छन् । शिक्षक रमेशराज सुवेदी संयोजक तथा बिष्णुहरि पौडेल, महेन्द्रजङ्ग गुरुङ्ग, अनिल गुरुङ्ग र भोज बहादुर गुरुङ्ग सदस्य रहेको प्रचार प्रसार समितिले आप्mनो काम अगाडि बढाइसकेको छ । स्वर्ण जयन्तीका गतिविधि समेटेर स्मारिका प्रकाशन गर्ने लक्ष्य राखिएको छ । स्मारिका प्रकाशन एवंम् अभिलेख संकलनको संयोजकमा प्र.अ. हेमचन्द्र अधिकारी, सदस्यहरुमा विष्णुहरि पौडेल, सु.मे. जग बहादुर गुरुङ, तारा देवी गुरुङ, देवी खडका र क्या.धन बहादुर गुरुङ रहेका छन् । शिक्षक विन्दु सुबेदीको संयोजकत्वमा अतिथि सत्कार एवं सम्मान उपसमिति गठन गरिएको छ । साँस्कृतिक कार्यक्रमको संयोजकमा शिक्षक मानकुमारी पराजुली, जलपान संयोजकमा शि. अ. संघका अध्यक्ष तिलक सिंह गुरुङ, मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा राङजिङ स्टार युवा क्लबका अध्यक्ष विष्णु प्रसाद गुरुङ्ग, सल्लाहकारहरुको संयोजकमा पो.म.न.पा–२७ का वडाध्यक्ष पूर्ण कुमार गुरुङ रहेको जानकारी दिइयो ।

सांस्कृतिक कार्यक्रमको तयारी भइरहेको छ भने विद्यार्थीहरुलाई खेलकुद लगायत बिभिन्न अतिरिक्त क्रियाकलापहरु संचालन गरिएको र अभिलेख सङ्कलन कार्य भइरहेको प्रअ हेमचन्द्र अधिकारीले वताए । वि.सं.२०२९.सालमा रिठेपानी क्षेत्रका शिक्षाप्रेमी एवं समाजसेवी हरुको पहलमा वीर प्रा.वि. को नाम बाट तत्कालीन अर्घौं ३ किपटमा स्याउलाको झुप्रोबाट स्थापना गरी स्थानीय स्व. भक्त बहादुर गुरुङ्ग लाई सहयोगी शिक्षकको रुपमा नियुक्त गरिएको यो विद्यालय हाल वाल कक्षादेखि आठ सम्म सञ्चालित छ । विद्यालयमा हाल १६९ विद्यार्थी अध्ययनरत छन भने १० जना शिक्षक र १ कर्मचारी कार्यरत रहेका छन ।

Previous Post

चलचित्र पत्रकार संघ कास्कीमा प्रभु

Next Post

फागुन ४ गतेदेखि चौथो सस्करणको काहुँ धरहरा महोत्सव, ७ किलोमिटर पर्वतिय दौड आयोजना हुने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
फागुन ४ गतेदेखि चौथो सस्करणको काहुँ धरहरा महोत्सव, ७ किलोमिटर पर्वतिय दौड आयोजना हुने

फागुन ४ गतेदेखि चौथो सस्करणको काहुँ धरहरा महोत्सव, ७ किलोमिटर पर्वतिय दौड आयोजना हुने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?