पोखरा। चलचित्र पत्रकार संघ नेपाल कास्की अध्यक्षमा प्रभु अधिकारी निर्वाचित भएका छन् । संघको शनिबार पाँचौं अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
उपाध्यक्षमा अर्पण तिवारी, सचिव सन्तोष बस्याल, सहसचिव शंकर तिवारी र कोषाध्यक्ष सुरक्षा श्रेष्ठ चयन भए ।
सदस्यमा वीनिता सुनार, सुरेश सुनार, एलिजा क्षत्री, राकेश गुरुङ, सुदीप पौडेल, सिद्धार्थ गौतम, प्रेम थापा र गौरव त्रिपाठी छन् । केन्द्रीय प्रतिनिधिमा आशीष पुरी र सुशान्त घिमिरे चयन भए ।
यसअघि उद्घाटन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कलाकार माओत्से गुरुङलाई सम्मान गरे । यस्तै, जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कारबाट रेम बिक (२०७८) र राजाराम पौडेल (२०७९) लाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरियो । सो अवसरमा संघका संस्थापक सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।
२०६० सालमा श्रीराम सिग्देल नेतृत्वमा जन्मिएको चलचित्र पत्रकार संघमा हाल ५५ सदस्य छन् ।
Discussion about this post