• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home स्थानीय

लिटल फ्लावरको साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समारोह सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
February 11, 2023
in स्थानीय
0
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २८ माघ । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीको साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुवेदार मेजर जगवहादुर गुरुङले कक्षामा सिकेका विषयवस्तु व्यवहारमा उतार्न विद्यार्थीहरुलाई सुझाव दिए ।उनले बदलिंदो समाजमा योगदान गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता भएकोमा जोड दिए ।

कार्यक्रममा प्रिन्सिपल बिकल पौडेलले भावी योजना सहित प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले विद्यालयका संस्थापक कमल खड्का र देवी खड्काले यस क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको दावी गर्दै अझै थप उचाइमा विद्यालयलाई लैजान सबैको सकारात्मक सहयोग आवश्यक रहेकामा जोड दिए ।

विविध सास्कृतिक कार्यक्रमका साथै गत शैिक्षक सत्रका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीहरुलाई मेडल प्रदान गरिएको कार्यक्रममा विद्यालयका इञ्चार्ज रामप्रसाद अभिकारीले मन्तव्य राखेका थिए । कक्षा ११ की विद्यार्थी बर्षा तामाङले विद्यार्थीका तर्फबाट स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन कक्षा ११ का संयोजक बिष्णुहरि पौडेलले तथा पुरस्कार वितरणका छुट्टा्छुट्टै विधाका कार्यक्रम मा वि इञ्चार्ज रामकृष्ण आचार्य, प्रा वि इञ्चार्ज हेमा पुन, अतिरिक्त क्रियाकलाप संयोजक विचित्र न्यौपाने, सहसंयोजक लक्ष्मी गरुङले गरेका थिए ।

शिक्षक लक्ष्मी घिमिरे र विद्यार्थी सुदिक्षा सुनारले कविता वाचन, विद्यार्थी जस्मीन श्रेष्ठले भाषण गरेका थिए । बिद्यालय ब्यवस्थापन समितिमा रहेर योगदान गरेका पदाधिकारीलाई प्रशंसापत्र प्रदान गरिएको थियो । हाल विद्यालयमा सात सय विद्यार्थीहरु अध्ययनरत छन् ।

Previous Post

फेब्रुअरी २३ देखि पोखरा काठमाडौं रात्रिकालीन उडान हुने

Next Post

चलचित्र पत्रकार संघ कास्कीमा प्रभु

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

बेगनासताल क्षेत्रलाई पर्यटकिय गन्तव्यको स्थलका रुपमा बिकास गरिने : मुख्यमन्त्री पाण्डे
समाचार

बेगनासताल क्षेत्रलाई पर्यटकिय गन्तव्यको स्थलका रुपमा बिकास गरिने : मुख्यमन्त्री पाण्डे

जन्मदिनमा दृष्टीविहिनहरुका लागि खाद्यान्न सहयोग
समाचार

जन्मदिनमा दृष्टीविहिनहरुका लागि खाद्यान्न सहयोग

वडा कार्यालय भवनको शिलन्यास
समाचार

वडा कार्यालय भवनको शिलन्यास

डेभिजफल बचत तथा ऋण सहकारी संस्था द्धारा रक्तदान कार्यक्रम सम्पन्न
समाचार

डेभिजफल बचत तथा ऋण सहकारी संस्था द्धारा रक्तदान कार्यक्रम सम्पन्न

भण्डारढीक खेलमैदानमा बास्केटबल कोर्ट
समाचार

भण्डारढीक खेलमैदानमा बास्केटबल कोर्ट

Next Post
चलचित्र पत्रकार संघ कास्कीमा प्रभु

चलचित्र पत्रकार संघ कास्कीमा प्रभु

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?