पोखरा ।
पत्रकारिताका माध्यमबाट पर्यटन क्षेत्रको विकासमा उल्लेख्य योगदान गरेको भन्दै महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले पत्रकार जमुना वर्षा शर्मालाई सम्मान गरेको छ ।
संस्थाको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा बिहीबार शर्मालाई सम्मान गरिएको हो । शर्मा राष्ट्रिय समाचार समितिसँग आवद्ध छिन् । उनी नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष पनि हुन् ।
मुख्यमन्त्री खगराज अधिकारी र मञ्चका अध्यक्ष पार्वती पाण्डेले १० हजार रुपैयाँ नगद सहित सम्मानपत्रबाट उनलाई सम्मान गरेका हुन् । उक्त अवसरमा प्रदेश सभा सदस्य देवका पहारी, पत्रकार रोहित बस्नेतलाई पनि सम्मान गरिएको थियो ।
तस्बीरः वासुदेव पौडेल/रासस
Discussion about this post