पोखरा । सवारी नियम उल्लंघन गर्ने ५० मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रण्मा लिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले स्वरुप परिवर्तन गर्ने, ठूलो आवाज निकाल्ने र तीव्र गतिमा मोटरसाइकल कुदाउनेहरुलाई नियन्त्रणमा लिएर कारवाही थालेको हो । ट्राफिकको टोलीले बिहीबार र शुक्रबार ती मोटसाइकललाई नियन्त्रणमा लिएको हो ।
मोटरसाइकल मोडिफाई गरी शान्ति सुरक्षानै भंग गराउने गरी आवाज निकाल्ने जस्ता गुनासो आएपछि कास्की ट्राफिकले पोखरामा अभियान नै थालेको थियो ।
यसरी नियन्त्रणमा लिइएका मोटसाइकललाई पहिलेकै स्वरुपमा परिवर्तन गर्न लगाई १ हजार देखि ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ । हालका लागि ती सवारीका चालकलाई सवारी नियम सम्बन्धी कक्षा सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहले बताए ।
Discussion about this post