लेखनाथ,२४ पुस । पोखरा महानगरपालिका वडा न २७ मा रहेको सहेलापाखो बडहरे बन उपभोक्ता समुहको २९ औ साधारणसभामा १५ औ अधिवेशनले आगामी कार्यकालका लागि सरिता सुबेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा नारायण राईभाट सचिवमा कबिता घिमीरे,कोषाध्यक्षमा कृष्ण रिजाल र सदस्यहरू बिनोद पाण्डे,बल बहादुर बि. क ,लक्ष्मी नेपाली,पुजा लामिछाने,जमुना त्रिपाठी,बिष्णु कोइराला,बुद्दी सागर अधिकारी,मनोज गुरुङ र प्रभा घिमीरे रहेका छन् ।
कार्यक्रममा बोल्दै लेखनाथ सबडिभीजन वन कार्यालयका प्रमुख राम बहादुर बि. क. ले राज्यले सम्पूर्ण अधिकार वन समुहलाई नै दिएकाले बनको उचित रुपमा संरक्षण गरि पनपैदावरको भरपुर उपभोग गर्नु पर्ने बताएका थिए ।
बन समितिक अध्यक्ष अजुर्न बाबु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा न २७ का महिला जनप्रतिनिधि बुद्धिमाया थापा मगरले वनपैदवारको उचित रुपमा प्रयोग गरि आय आर्जनमा जोडिनु पर्ने आवश्यक रहेको बिचार राखेका थिईन ।
कार्यक्रममा भुतपुर्व अध्यक्ष गणेश राज धमला,बुद्दी सागर अधिकारी,बुद्दी कुमार श्रेष्ठ र स्वर्गीय बद्री बस्ताकोटीकी धर्म पत्नी गिता बस्ताकोटीलाई सम्मान गरिएको थियो ।
Discussion about this post