लेखनाथ २५, मंसीर । लेखनाथ जेसीजको अध्यक्षमा चन्द्र प्रकाश ढुगाना चयन भएका छन । संस्थाको शनिबार सम्पन्न २५ औं बार्षिक साधारण सभा तथा २४ औं शाखा अधिबेशनले वर्ष २०२३ का लागि ढुगानालाई अध्यक्षमा चयन गरेको हो ।
सर्वसम्वत रुपमा चयन भएको समितिको कार्यकारिणी उपाध्यक्षमा सर्वेन्द्र न्यौपाने र मौसम बराल रहेका छन् भने समितिको कानुनी सल्लाहकारमा कृष्ण तिवारी, महासचिवमा प्रकाश राईभाट, कोषाध्यक्षमा प्रवलमणी भण्डारी, सचिवमा सुजन तिमील्सिना, उपाध्यक्षमा संघर्ष सापकोटा, महेश वाग्ले, अमृत पौडेल र जनकराज तिवारी रहेका छन् भने समितिको शाखा सम्पादकमा निशान्त गौतम रहेका छन।
यस अघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै नेकपा एमाले संगठन विभागका प्रमुख एवं नवनिर्वाचित गण्डकी प्रदेश सभा सदस्य खगराज अधिकारीले जनस्तरबाट लेखनाथ नगरपालीका कायम गरिनुपर्ने आवाज उठीरहेका वताउँदै लेखनाथ क्षेत्रको भुगोल, विशेषता र जनसंख्यालाई मध्यनजर गरी लेखनाथ नगरपालीका कायम गर्न सके विकासले गति लिन सक्ने दावी गरेका छन ।
लेखनाथ नगरपालिका कायम राखिराख्न अन्तिम समयसम्म पनि आफुले अडान लिएको र लिखित रुपमा सुझावसमेत दिएको वताउँदै स्थानीय तहको नेतृत्वले दवाव थेग्न नसकेको वताए । समग्र कास्की जिल्लाकै विकासको लागि यहाँ भएका पाँचबटा पालिकाबाट आठवटासम्म पालिका बनाउन सकिने सम्भावना औल्याउदै पोखराबाट लेखनाथ छुट्याउनका लागि दुई तिहाई नगर परिषदले पास गर्नुपर्ने र प्रदेश हुदै केन्दबाट स्विकृत हुनु पर्ने नेता अधिकारीको सुझाव रहेको थियो ।
जेसिज सिक्ने र सिकाउने थलो भएकोले समाज सुधारका लागि युवाहरुले नेतृत्व लिनु पर्ने धारणा राख्दै नेता अधिकारीले यस क्षेत्रको विकासका लागि यहाँ रहेका सामाजिक संघ सस्थाहरुसँग सहकार्य गर्दै विकासका लागि सकरात्कम हस्तक्षेफ गर्न पनि पछि नपर्ने विश्वास ब्यक्त गरेका थिए ।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले युवाहरु रोजगारका लागि विदेश होईन स्वदेशमा नै रोजगार सृजना हुने खालका योजना लिएर अगाडी वढ्नु पर्नेमा जोड दिएका थिए ।
लेखनाथ जेसिजका अध्यक्ष सुजन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङ, पोखरा जेसिजका अध्यक्ष मिनराज खड्का, लेखनाथ जेसिजका पुर्व अध्यक्ष सुरेन्द्रराज अधिकारी लगायतले जेसिजले समाज परिवर्तनका लागि नेतृत्वदाई भुमिका निभाउन सक्नुपर्नेमा जोड दिएका थिए ।
लेखनाथ जेसिजका महासचिव कृष्ण तिवारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य निर्वतमान अध्यक्ष नवराज पौडेलले गरेका थिए।
Discussion about this post