रामशरण नेपाली/लेखनाथ, १३ मंसिर ।
आगामी पुस ७ गतेदेखी १८ गतेसम्म लेखनाथमा सञ्चालन हुने १८औं संस्करणको लेखनाथ महोत्सवको तयारी तिव्र पारिएको छ ।
‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’’ भन्ने नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयूक्त आयोजनामा हुने महोत्सवलाई सफल बनाउनका लागी विभिन्न उप–समितिहरुको वैठक धमाधम बसी छलफल तथा अन्र्तक्रियालाई तिव्र बनाईएको महोत्सवका सह–संयोजक गोपिचन्द्र बाँस्तोलाले वताए ।
महोत्सवको तयारी सम्बन्धमा मंगलबार मात्रै ३ वटा उप–समितिहरुको वैठक सम्पन्न भएको मुल आयोजक समितिले जानकारी दिएको छ । पर्यटन प्रबद्धन उप–समितिका संयोजक अर्जुन लम्सालको अध्यक्षतामा बसेको वैठकले महोत्सवको फुड फेस्टीभल अन्र्तगतका विभिन्न रेष्टुरेण्ट एवं खाद्य स्टलहरुको अनुगमन र व्यवस्थापनलाई चुस्त दुरुस्त राख्ने निर्णय गरेको छ भने पर्यटकिय स्थल बेगनासताल लगायत अन्य ताल र पर्यटकिय स्थलहरुको प्रर्वद्धनका लागि महोत्सव अवधिभर विशेष योजना बनाउन पहल गर्ने भएको छ ।
मंलबार नै सम्पन्न बजार व्यवस्थापन र अनुगमन उप–समितिको वैठकले महोत्सवका स्टलहरुमा विभिन्न वस्तु तथा सेवाको गुणस्तर र नापतौलको विषयमा अनुगमन गर्नुका साथै व्यवसायीहरुको नापतौललाई नविकरण गर्ने विषयमा सहजीकरण गर्ने निर्णय गरेको उप–समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।
यस्तै उद्योग विकास उप–समितिका संयोजक ज्ञानेन्द्र बजगाईको संयोजकत्वमा बसेको वैठकले महोत्सवमा स्टल राख्ने विभिन्न उद्योगहरुको लेखाजोखा राख्नुका साथै सहभागीता वृद्धि गर्ने विषयमा पहल गर्ने निर्णय गरेको छ ।
महोत्सवका लागि पहिलो चरणको स्टल बुकिङ कार्तिक ३० गते बुधवार देखि खुल्ला भईसकेको छ । पहिलो चरणमा आफना व्यवसायीका लागि स्टल बुकिङ खुल्ला राखेको संघले मंसिर ७ गते देखि सर्वसाधारणका लागि समेत बुकिङ खुल्ला गरिसकेको स्टल संयोजक भरत थापाले जानकारी दिए ।
पोखरा–२७, डाँडाको नाकमा सञ्चालन हुने महोत्सवलाई मुख्य प्रायोजन सगरमाथा लाईफ ईन्स्योरेन्स गरेको छ भने प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ ।
Discussion about this post