रामशरण नेपाली/लेखनाथ, १४ मंसिर ।
लेखनाथ क्षेत्रका सात तालहरु मध्ये पछिल्ला दिनहरुमा संरक्षण र विकासका कामहरुले तिव्रता लिएको मैदी तालमा मंगलबार अष्ट्रेलीयाली राजदुत फेलीसिटि भोल्कलाई भव्य स्वागत गरिएको छ ।
राजदुत फेलीसिटिलाई मैदीताल संरक्षण तथा विकास समाज, मैदी पाखो सामुदायीक बन उपभोक्ता समिती, मैदीताल कृषि सहकारी संस्था लि. र मैदी बोटानिकल गार्डेन व्यवस्थापन समितीले संयुक्त रुपमा स्वागत गरेका हुन ।
उक्त अवसरमा मैदी पाखो सामुदायीक बनमा अष्ट्रेलीयन राजदुतावासको आर्थिक सहयोग एवं नेपाल अष्ट्रेलीया अल्मुनाई संघ काठमाण्डौको पहलमा निर्मित नेपाल अष्ट्रेलिया मैत्री बाटिकाको समुद्घाटन समेत गरिएको थियो ।
स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत भोल्कले नेपाल प्राकृतिक स्रोत साधन र सुन्दरताले भरिपुर्ण भएको बताउँदै यसको सही सदुपयोग गर्दै स्थानियको जिवनस्तरलाई उकास्नुपर्नेमा जोड दिएकी थिईन ।
उनले वातावरण संरक्षणमा महिलाहरुले खेलेको भुमिकाको प्रशंसा गर्दै नेतृत्व गर्ने स्थानमा पनि महिलाहरुलाई अवसर दिनुपर्नेमा जोड दिएकी थिईन । नेपाल र अष्ट्रेलीया विच दौत्य सम्बन्ध स्थापित भएको ६२ वर्ष पुरा भएकोमा खुशी व्यक्त गर्दै राजदुत भोल्कले आगामी दिनमा आपसी सहकार्य र भाईचारमा अझै वृद्धि भएर जाने विश्वास व्यक्त गरिन ।
सोही अवसरमा गण्डकी प्रदेश बन, वातावरण तथा भु–संरक्षण मन्त्रालयका सचिव बद्रीराज ढुंगानाले विगतदेखी नै ताल संरक्षण एवं यसको उपयोगबाट स्थानियको आर्यआर्जन हुने विभिन्न कार्यक्रममा मन्त्रालय अन्र्तगतका विभिन्न विभागहरुबाट सहयोग हुँदै आईरहेको वताउँदै आगामी दिनहरुमा पनि निरन्तरता दिने वताएका थिए ।
यस्तै पोखरा महानगरपालिका वडा नं. ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले ताल क्षेत्र भित्र पर्ने १०० रोपनी जग्गा दर्ताको लागी सिफारिस गरिदिन आफुसमक्ष निवेदन आएको वताउँदै आफुले त्यसलाई रोकिदिएको दावी गर्दै तालहरुको संरक्षण सम्वद्र्धन र उत्थानको लागी सिंगो वडा समिति सदैव सहकार्य गर्न तयार रहेको वताएका थिए ।
कार्यक्रममा नेपाल अष्ट्रेलीया अल्मुनाई संघ काठमाण्डौका महासचिव निमेषमान श्रेष्ठ, मैदी पाखो सामुदायीक बन उपभोक्ता समितीका अध्यक्ष भोलानाथ त्रिपाठी, समाजसेवी एवं शिक्षाविद वामदेव जमरकटृेल लगायतले बोलेका थिए ।
मैदी ताल संरक्षण तथा विकास समाजका अध्यक्ष भरतराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले समितिले हालसम्म गर्दै आएका विभिन्न कार्यहरु र भावि योजनाहरु प्रस्तुत गरेका थिए भने मैदीताल कृषि सहकारी संस्था लि. अध्यक्ष भरतराज तिवारीले कार्यक्रमको सञ्चालन र समाजका उपाध्यक्ष दुर्गादत्त अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए ।
Discussion about this post