लेखनाथ, १२ मंसिर ।
बैशाख ३० गतेको स्थानिय तहको निर्वाचन सम्पन्न भएपछी देशका ७५६ पालिका हरुमा नयाँ जनप्रतिनिधीहरु निर्वाचित भए ।
जन निर्वाचित भई सकेपछी पोखरा महानगरपालिका वडा नं ३१ मा भने केहि अनौठो देखिएको छ । वडा कार्यालय को बिना अनुमती मापदण्ड मिचेर वेगनासताल किनारमा नयाँ नयाँ संरचनाहरु बनिरहेका छन् ।
पोखरा ३१ पिप्लेमा संचालित लेक टच रेस्टुरेण्टले ताल माथी अबैध रुपमा बिना ईजाजत संरचना निर्माण गरिरहदा वडा कार्यालय मौन छ ।
महानगरले तोकेको मापदण्ड लागु नहुनु र यसरी धमाधम संरचना निर्माण भई रहदा पनि वडा कार्यकाल वेखवर छ मानौं यहाँ जनप्रतिनिधी नै छैनन् ।
हामीले केहि दिन अघी वेगनास ताल छेउबाट डुङामा ढुंगा वालुवा हालेर लिएर जादै गरेको देखे पछी फलोअप गर्दा संरचना निर्माण भईरहेको पत्ता लगायौं ।
स्थानिय भन्छन्- ‘यसरी आफुखुशी बिना अनुमती संरचना बनाउदै जाने हो भने वेगनासताल कुरुप र फोहोर बन्दै जानेछ । स्थानिय सरकार यसरी मौन बस्नुले भित्र भित्रै चिल्लो मिठोको स्वाद हो कि भन्ने हामिलाई लागेको छ । हैन भने वडाले तत्काल काम रोकेर सम्बन्धित व्यक्तिलाई कार्बाही गर्ने हिम्मत राखोस ।’
ताल किनार वरपर जथाभावी फोहोर फाल्ने, विरुवा उखेल्ने तथा बाध छेउ बस्न बनाएको कुर्सी भाच्ने तथा डस्विन चोर्ने जस्ता उच्छृन्खल गतिबिधी हुँदा समेत वडा कार्यालय निदाएको हो कि भन्ने भान जनतामा परेको स्थानिय हरु दुखेसो पोख्छन् ।
Discussion about this post