लेखनाथ, १२ मंसिर ।
पोखरा–२९ भण्डारढिक स्थित आर्दश यूवा क्लवले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ९६ यूनिट रगत संकलन भएको छ ।
क्लवले २९औं पटक आयोजना गरेको रक्तदान कार्यक्रममा प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नं. २९ का अध्यक्ष श्रीप्रसाद गुरुङले पहिलो रक्तदाता सुरजजङ्ग राणालाई ब्लग ब्याग हस्तान्तरण गरेर शुभारम्भ गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी गुरुङ्गले खेलकुदको क्षेत्रमा क्लबले गर्दै आएको कार्यको प्रशंसा गर्दै क्लबको स्वामित्वमा रहेको रंगशालाको स्तरोन्नती र कर्बडहलको निर्माणको लागी वडाको तर्फबाट सबै पक्षसँग समन्वय गरी अगाडी वढ्ने वताएका थिए ।
यस्तै विशिष्ट अतिथि एवं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले खेलकुदको क्षेत्रमा सबैभन्दा परिचीत क्लव आर्दश यूवा क्लवले रक्तदान जस्तो महादान र जिवनदानको कार्य गरेकोमा प्रशंसा गर्दै भोलीको दिनमा अझै उत्कृष्ट कार्य गर्न सकोस भन्ने शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष एवं वडा नं. २९ का पुर्वअध्यक्ष चेत बहादुर गुरुङ्ग, जनप्रकाश बहुमुखी क्याम्पसका प्रमुख ऋषिराम बुढाथोकी, सिद्ध टोल विकास संस्थाका अध्यक्ष रामजी पौडेल, सैनिक वस्ती ग्रुप नं. १ समाजका अध्यक्ष सुवेदार चन्द्र बहादुर गुरुङ्ग लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष पदम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका संयोजक कर्ण बहादुर गुरुङले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव ओमप्रकाश गुरुङ्गले गरेका थिए ।
Discussion about this post