मंसिर ७, लेखनाथ ।
पोखराको नयाँ तालचोकडांडामा रुईज हिल (Roois Hill) रेष्टुरेण्ट पुन: संचालनमा आएको छ । नयाँ संरचना र थप आकर्षक बनाउनका लागी केहि समय सेवा रोकिएको रेष्टुरेण्ट थप सुबिधा सहित संचालनमा आएको हो ।
मंसिर ७ गते देखी थप सेवा सहित थपिएको संरचनामा उक्त रेष्टुरेण्ट संचालनमा आएको संचालक कैलाश बरालले जानकारी दिनु भयो । पारिवारिक वातावरण सहित अन्नपुर्ण हिमशृन्खला सहित लेखनाथ शहरको रातमा सिटिलाईट्स यहाँबाट अवलोकन सकिने उहाले जानकारी दिनुभयो ।
यसको अर्को आकर्षण हो च्याउ आकारको डोम क्यबिन जुन बिल्कुन नयाँ र अनौठो रहेको छ । यसले ग्राहक हरुको मन सजिलै तान्ने विश्वाश लिईएको छ ।
रेष्टुरेण्टले साप्ताहिक लाईभ म्युजिक सहित ठुलो प्रोजेक्टर स्कृनमा विश्वकप फुटवल समेत हेर्न मिल्ने व्यवस्था मिलाएको छ । करिव २ सय ग्राहकहरुलाई एकैसाथ सेवा दिन रेष्टुरेण्ट सक्षम रहेको रेष्टुरेण्टमा तीन वटा एट्याच रुम सहित करिव १२ वटा टेन्टमा बस्ने व्यबस्था समेत रहेको छ ।
करिव १५ वर्ष जापान बसेर होटल तथा रेष्टुरेण्टको लामो अनुभव संगालेका संचालक बरालले आफुले पस्किने स्वाद फरक किसिमको रहेको प्रतिकृया आफुले पाएकोले यस क्षेत्रमा नेपालमै केहि गर्नु पर्छ भनेर नेपाल आएको वताउनु हुन्छ ।
यो संगै रुईज हिल टिमले तालचोकमा फास्ट फुट तथा क्याफे समेत संचालन गर्न लागेको छ । ९५ प्रतिशत काम सम्पन्न भैसकेको क्याफे चाडै नै ग्राहक हरुको सेवामा आउने उहाँले वताउनु भयो ।
Photo : Sachin Ranabhat
Discussion about this post