पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कास्की क्षेत्र नम्बर १ (क) मा उम्मेदवारी दिएका बाबुराम थापाले आफू जनताको चाहना अनुसार प्रदेश सभाको चुनावी मैदानमा आएको बताएका छन् ।
कास्कीको पुर्वी भागमा रहेको क्षेत्र नं १ मा आज सम्म ठुला भनैदा पार्टी हरुले हामी मुहाली गर्दै कर्णाली जस्तो बिकट बनाएको हुनाले जनताले विश्वसनीय नेतृत्वको खोजी गरेको उल्लेख गर्दै थापाले आफूले जनताको विश्वासलाई कहिल्यै घात नगर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
उनले हिन्दू धर्म बचाउन र जनताको काम गर्न आफूले गीतालाई साक्षी मानेर भ्रष्टाचार नगर्ने कसम खाएर उम्मेद्वारी दिएको बताए ।
‘हाम्रो पार्टी राप्रपा भ्रष्टाचारको मामलामा शून्य सहनशीलता भएको पार्टी हो । र, व्यक्तिगत रुपमा म पनि व्यवहारमा प्रस्ट व्यक्ति हुँ । मेरो यस अगाडिको ईतिहास खोतलेर हेर्ने हो भने पनि त्यसबारे प्रस्ट हुन सक्नुहुन्छ’, उनले भने, ‘त्यसैले म हजुरहरुले चाहेजस्तै उम्मेदवार हुँ । मैले जित्दा हजुरहरुले नै जित्नुहुनेछ । म हजुरहरुको विश्वासलाई धोका हुन दिनेछैन ।’
यस्तै पछिल्लो समय हिन्दू धर्म र संस्कृतिमा हस्तक्षेप बढ्दै गएको सवालमा मतदाताहरुले चिन्ता व्यक्त गरेका छन् । त्यो बाहेक महँगीका कारणले दैनिक जीवनमा परेको असर र राज्यको आर्थिक नीतिका कारण परेको संकटले समस्या बढ्दै गएको उनले बताए ।
Discussion about this post