लेखनाथ, २२ कार्तिक ।
सामाजिक कु–प्रथाविरुद्ध तयार पारिएको नेपाली चलचित्र अग्निदहन डायमण्ड मावि का विद्यार्थीहरुमा प्रदर्शन गरिएको छ । विद्यार्थीमाझ सामाजिक चेतना फैलाउने उद्देश्यले अग्निदहन प्रदर्शन गरिएको हो ।
मान्छे कहिल्यै बोक्सी हुन्न राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल सरकारी तबरबाट दर्ता गराएर जनचेतनामूलक गतिविधि अघि बढाइरहेको संस्था हो । चलचित्र अग्निदहन मान्छे बोक्सी कहिल्यै हुन्न राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको चलचित्र हो । समाजका अन्धविश्वास, कुरीति, कु–संस्कार न्यूनीकरण गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको हो । बोक्सी प्रथा अझै पनि हाम्रो गाउँघरमा व्याप्त छ । मान्छे कहिल्यै बोक्सी हुँदैन र बोक्सीको बिल्ला समाजले भिराउने हो भन्ने यथार्थ अग्निदहनले प्रष्ट्याउन खोजेको छ । नेपालमा यूगौंदेखि चलिआएको बोक्सी प्रथा लगायत रुढिवादी संस्कारको अन्त्य हुन नसकेको परिबेशमा अग्निदहनले सचेतना फैलाउने विश्वास लिइएको छ ।
अग्निदहन २०७४ सालमा निर्माण भएको चलचित्र हो । राष्ट्रिय चलचित्र बोर्डद्वारा पुरस्कृत अग्निदहन चलचित्र सामाजिक बोक्सी कु–प्रथा उन्मूलनका लागि बनाइएको चलचित्र हो । नेपालमा बोक्सी कु–प्रथाको आरोपमा थुपै्र महिला वृद्ध वृद्धालाई शारीरिक, मानसिक र नैतिक यातना भोगाईलाई चलचित्रमा देखाईएको विद्यार्थीहरुले प्रतिक्रिया दिएका थिए ।
चलचित्र अग्निदहन घनश्याम लामिछानेको निर्देशन र लोकमणि पौडेलको कथाको संयोजनमा चलचित्र तयार भएको हो । चलचित्रको मुख्य भूमिकामा अनुपमा भण्डारी, प्रमिला तुलाचन, प्रकाश घिमिरे लगायत कलाकार रहेका छन् ।
Discussion about this post