लेखनाथ, १८ कार्तिक
नेपाली कांग्रेसको बिद्यार्थी राजनितीबाट कास्कीको पुर्वी भाग बाट उदाएका युवा नेता बिश्वराज पौडेलले पार्टी भित्र बाट बिद्रोह गर्दै चुनावी मैदानमा होमिएका छन् ।
कास्की क्षेत्र नं १ को ‘क’ क्षेत्रबाट स्वतन्त्र उम्मेद्वारी दिएका पौडेल एक मात्र एजेण्डा “बृहत लेखनाथ” लिएर चुनावमा उत्रेका हुन् ।
प्रदेश सभामा गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार कोइरालाविरूद्ध उम्मेदवारी दिएका पौडेलले कांग्रेसजनको भावनालाई प्रतिनिधित्व गरेर आफूले उम्मेदवारी दिएको बताए।
‘कास्कीमा कांग्रेस बराबर माओवादी कहिल्यै पनि छैन,’ उनले भने, ‘हँसिया हतौडामा भोट दिएर सुदृढ कांग्रेस नहुने भएकाले मैले उम्मेदवारी दिएको हुँ।’
गठबन्धनका उम्मेदवारविरूद्ध उठेका यी बागी उम्मेदवार आधिकारिक उम्मेदवारभन्दा कमजोर छैनन् भन्ने चर्चा यहाँ सुनिन्छ।
लाल्टिन चिन्ह लिएर चुनावमा उत्रेका पौडेल भन्छन – “बृहत लेखनाथ” मेरो एक मात्र एजेण्डा हो । पोखरा संग गाभेर लेखनाथलाई बिकाश र समृद्धीमा पछी पारेकोले आफ्नै पार्टी भित्र नै बिद्रोह गर्दै चुनावमा अगाडी बढेको हो ।
काठमाण्डौमा बालेन शाह, धरानमा हर्क साम्पाङ देख्ने आँखाले कास्की क्षेत्र नं १ मा विश्वराज पौडेल लाई एकपटक मतदान गर्न आग्रह समेत गरेका छन् |
Discussion about this post