लेखनाथ, १५ कार्तिक
सुमन जिसी
पोखरा महानगरपालिका वडा नं २६ मा स्थापना भएको जागरूप नागरिक समाज संस्थाले कार्तिकको १९ गते उमेदवारहरूको परिचय कार्यक्रम गर्ने पत्रकार समेलन गरि जानकारी गरेको छ ।
देशमा मंसिर ४ को चुनावको माहोलले तातिरहेको अवस्थामा जागरूक नागरिक समाजले प्रतिनिधी सभा र प्रदेश सभामा क्षेत्र नं. १ कास्कीका सम्पूर्ण आकांक्षी उमेदवारहरूको परिचय तथा प्रतिवद्धता घोषणा पत्रको बारेमा नागरिकलाई जानकारी गराउने उदेश्यले कार्तिकको १९ गते बुढिबजारमा कार्यक्रम गर्न लागेको जानकारी दिइएको छ ।
सुसासन, विकास र समृद्धिको लागि नागरिक सञ्जाल भन्ने नाराका साथ स्थापना भएको जागरूक नागरिक समाजले समाजको लागि विभिन्न किसिमका सामाजिक कार्यक्रम गर्दै आएको संस्थाल, आम नागरिक सामु उमेदवारहरुलाई उपस्थित गराउने र प्रतिवद्धता समेत गराईने जानकारी दिईएको छ ।
संस्थाका अध्यक्ष रामहरि ढुङ्गनाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक भिमप्रसाद सन्तोष सुवेदीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका मिडिया संयोजक एलपि ढुङ्गनाले गरेका थिए ।
Discussion about this post