लेखनाथमा भिन्तुना ¥याल
लेखनाथ,७ असोज ।
नेपाल सम्वत ११४३ को अवसर पारेर लेखनाथमा नगर स्तरिय भिन्तुना ¥याली निकालीएको छ । विशेष गरि नेवारी समुदायमा नयाँ बर्षको रुपमा मनाईने यो पर्वलाई भाषा र सस्कृतीको रक्षामा सहयोग पुग्ने चाडको रुपमा लिईदै आईएको छ ।
आफनो भाषा,कला र सस्कृतीको रक्षा गर्नका लागि मनाइने भिन्तुना पर्वलाई यस वर्ष नेवाःखाल लेखनाथले विजयपुर देखि अर्घौचोक सम्म शुभकामना ¥याली निकालेर मनाएको हो ।
अर्घौपौवा नेवाःखलको ब्यवस्थापनमा भएको कार्यक्रममा बोल्दै नेवाः खल कास्कीका उपाध्यक्ष अशोक पालिखेले नेपाल सम्वत नेवारी समुदायको मात्र पर्व नभई आम नेपालवासीको भएकाले यसलाई सवै जातजाती र समुदायले मनाउन पर्ने सुझाव राखेका थिए ।
हरेक वर्ष जस्तै यस बर्षको भिन्तुना ¥यालीको आयोजना गरेको अर्घौपौवा नेवाःखलका अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेवाःखल लेखनाथका अध्यक्ष प्रेम लिगल,सस्थाका सल्लाहार चन्द्रकृष्ण कर्माचार्य,चन्द्रगोपल श्रेष्ठ,मिलिजुली नेवाःखलका अध्यक्ष गणेश श्रेष्ठ,मिसाःपुच कास्कीका अध्यक्ष मेनुका श्रेष्ठ र अर्घौपौवा नेवाःखलका सचिव बालगोपाल श्रेष्ठ लगाएतले नेपाल सम्वतको ईतिहासीक पक्षका बारेमा सवैमा जानकारी हुनु पर्ने धारणा राखेका थिए
Discussion about this post