• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

बेगनासताल संरक्षण तथा विकास मञ्चको अध्यक्षमा ढुंगाना

Lekhnath Khabar by Lekhnath Khabar
November 2, 2022
in समाचार, समाज, स्थानीय
0
0
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १६ कार्तिक  –
बेगनासताल संरक्षण तथा विकास मञ्चको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना निर्वाचित भएका छन् । पोखरा ३१ मा क्रियाशील सामाजिक संघ, संस्थाका अध्यक्ष एवं प्रतिनिधिको उपस्थिति रहेको भेलाले ढुंगानाको अध्यक्षतामा सर्वसम्मत समिति चुनेको हो ।

मञ्चको उपाध्यक्षमा कृष्णप्रसाद तिमिल्सिना, पुरुषत्तोम अधिकारी, सचिवमा भरतप्रसाद तिवारी, कोषाध्यक्षमा दुर्गा अधिकारी र सहसचिवमा बुद्धि बहादुर गुरुङ रहेका छन् । सदस्यमा रविराज कँडेल, राजेन्द्र जलारी, कविर गुरुङ, श्रीराम कँडेल, रामकृष्ण लामिछाने र मेनुका बास्तोला छन् । १ सदस्यपछि थप गरिने नवनियुक्त अध्यक्ष ढुंगानाले बताए ।

कार्यक्रममा ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले वडाको समग्र विकास, निर्माण र वातावरणीय संरक्षणका लागि स्थानीय सामाजिक संघ, संस्थाको समन्वय जरूरी हुने बताए । बेगनासताल धार्मिक पर्यटन तथा विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीको अध्यक्षतामा भएको भेलामा वडाध्यक्ष कँडेलले बेगनासताल यस क्षेत्रकै प्रतिष्ठा र गौरव भएको बताए ।

उनले तालको विकास, संरक्षण र संवद्र्धनमा स्थानीय सरकार, स्थानीय र स्थानीय संघ, संस्थाको सामूहिक प्रयास जरुरी हुने बताए । गर्नु हाम्रो दायित्व रहेको र यस कार्यक्रमको नेतृत्व संघ संस्थाले नै लिनु पर्ने बताए ।

वडा सदस्य देवेन्द्र अधिकारीले संरक्षण र उपयोग तथा विकास निर्माणका कार्य सम्पादन गर्दा सबैको सहयोग र प्रतिवद्धता चाहिने औंल्याए ।

पोखरा महानगरका कानुन अधिकृत राममणि अधिकारीले सहजीकरण गरेको कार्यक्रममा सिड फाउन्डेसनका निर्देशक दामोदरभक्त थापा, साउने पानी बरेली वन लामास्वाराका अध्यक्ष कृष्ण तिमिल्सेना, शिवगोरक्ष नाथपीठका अध्यक्ष भरतप्रसाद तिवारी, वडा सदस्य विनोद लामिछाने, लाकुरी युवा क्लबका अध्यक्ष सुरेश लामिछाने, डुंगा व्यवसायी समितिका रवि कँडेल, कोटभैरव संरक्षण समिति अध्यक्ष भूपेन्द्र रानाभाट, कोट देउराली पचभैयाका अध्यक्ष पुरूषोत्तम अधिकारी, जलेश्वर शिव मन्दिर सञ्चालन समिति अध्यक्ष भानुभक्त पौडेल, मंगलधर्म बौद्ध चक्रका बुद्धिबहादुर गुरुङ, पचभैया होमस्टेका कोषाध्यक्ष पदमराज लामिछाने, होटल तथा रेस्टुरेन्ट एसोसियसन अध्यक्ष अर्जुन लम्साल, बेगनासताल महिला समूहका पूर्व अध्यक्ष शान्ति खनाल लगायतले बोलेका थिए ।

Previous Post

जागरूक नागरिक समाजले कार्तिक १९ गते उमेदवारहरूको परिचय कार्यक्रम गर्ने

Next Post

आश्रमलाई परमार्थनगर क्लबको सहयोग

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो
समाचार

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

Next Post
आश्रमलाई परमार्थनगर क्लबको सहयोग

आश्रमलाई परमार्थनगर क्लबको सहयोग

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?