लेखनाथ, ७ कार्तिक । लेखनाथ ब्रोडकास्टिङ कम्पनी प्रा.ली. (रेडियो लेकसिटि ९६.२ मेगाहर्ज)को ९औं साधारण सभा सोमबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले कोरोना महामारी र त्यसको असरले समग्र आर्थिक क्षेत्र नै तहस नहस भएको र विद्युतीय सञ्चार माध्यम विशेष गरी एफ.एम.रेडियोहरुले अस्तीत्व जोगाउन नै संर्घष गरिरहनुपरेको अवस्थामा रेडियो लेकसिटिले आत्मनिर्भर भएर अगाडी वढ्न सकेकोमा गर्व गर्नुपर्ने वताएका छन ।
प्रमुख अतिथी गिरीले रेडियो लेकसिटी यस क्षेत्रको लोकप्रिय सञ्चारमाध्यमको रुपमा स्थापित हुन सफल भएको वताउँदै राज्यको चौथो अंगका रुपमा रहेको सञ्चारमाध्यमले समाजको विकासका लागि, जनतालाई सुसुचित गराई विकृति विसंगती रहित बनाउन निर्णयक भूमिका खेल्नुपर्ने वताएका थिए ।
यस्तै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एवं संस्थाका निवर्तमान अध्यक्ष छत्रधर आत्रेयले समयको माग अनुसार रेडियोलाई थप जिम्मेवार बनाउँदै रेडियोलाई समाजसम्म र समाजलाई रेडियोसम्म पु¥याउनका लागी स्रोतालक्षित कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सल्लाहकारको तर्फबाट बोल्दै सुमन भटृराईले मुनाफा भन्दा पनि पहिचानको लागि सञ्चारक्षेत्रमा लगानी गरेको बताउँदै आर्थिक रुपले विषम परिस्थितिका विच पनि रेडियोले गरेको प्रगतीको लागि सञ्चालक समिति लाई आभार व्यक्त गर्दै अझै परिष्कृत रुपमा अगाडि वढ्नुपर्ने वताएका थिए ।
उक्त अवसरमा कामना सेवा विकास बैंकका निर्देशक देवकृष्ण काफ्लेले सञ्चारको क्षेत्र ठुलो र फराकिलो भएको हुदा सञ्चार माध्यमले सकारात्मक सोचका साथ समाज रुपान्तणमा महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताएका थिए ।
संस्थाका अध्यक्ष भक्त बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष केसीले वार्षिक प्रगती विवरण र भावि योजना सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए भने रेडियोका निर्देशक नवराज सापकोटाले स्वागत मन्तव्य, नवराज तिवारीले धन्यवाद ज्ञापन र कार्यक्रम सञ्चालन सचिव भरतकुमार अधिकारीले गरेका थिए ।
Discussion about this post