दुबै मृगौला पिडितलाई दाेस्राे पटक सहयोग
सुमन जिसी
लेखनाथ ७ कार्तिक ।
दुबै मृगौला फेल भएका विरामी सोम परियारलाई ८०७८५ रुपैयाँ आर्थिक सहयोग दाेस्राे पटक हस्तान्तरण गरिएको छ ।
सहयोग प्राप्त रकम दशै पछि हस्तान्तरण गरिने बताएका किरण लामाले परियारकाे काेठामा नै गएर उक्त रकम हस्तान्तरण गरेका हुन् ।
सहयाेग रकम लिदै सहयाेगि सम्पुर्ण हातहरूलाई मन देखिनै धन्यवाद समेत व्यक्त गरेका थिए बिरामी परियारले ।
पोखरा महानगरपालिका वडा नं. २७ भित्रि डाडाँकोनाक मा विगत ६-७ बर्ष अगाडी बाट ज्याला मजदुरी गरि परिवारको पालन पोषण गरि आएका परियार केही समय अगाडि बाट बिरामी रहेको बताइएको छ।
आर्थिक स्थिती कमजोर भएको कारण विभिन्न सामाजिक संध संस्था तथा समाजसेवि व्यक्तिहरु संग सहयोगको हात फैलाईएको सामाजिक व्यक्तित्व किरण लामाले बताएका छन् । फेशवुकमा Kiran Social Work नामको पेज बनाई सहयोग संकलन गरेको उनले बताएका छन्। पहिलो पटक असाेजकाे १७ गते २०७७० रकम बिरामी परियारलाई हस्तान्तरण गरिएकाे थियाे ।
अहिले सम्म सहयाेग स्वरूप प्राप्त रकम हस्तान्तरण गरिएको समेत बताईएकाे छ ।
Discussion about this post