सुख दुःखको साथी बन्नुपर्छ सहकारी ः तिवार
लेखनाथ, ५ कार्तिक ।
पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारीहरु सुख दुःखको साथी बनेर काम गर्नु पर्ने सुझाव दिएका छन् ।
पोखरा महानगरपालिका वडा नं. ३० को शिसुवामा रहेको गौतम ऋषि बचत तथा ऋण सहकारी संस्थाको १०औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै जिल्ला सहकारी संधका निर्वतमान अध्यक्ष समेत रहेका तिवारीले सहकारीले आय आर्जनका विभिन्न उत्पादनसिल क्षेत्रमा लगानी वढाउदै सेयर सदस्यको हक हितका लागि एकाघरको परिवारको रुपमा सहयोग गर्न सक्नुपर्नेमा जोड दिएका हुन् ।
सहकारी संचालनमा ब्यवस्थापन समिति र कर्मचारीको भरमा मात्र नछोडी सेयर सदस्यहरुले वाच डकका रुपा भुमिका निभाउने हो भने सहकारीहरुमा कुनै किसिमको आर्थीक हिनाविना र संकटको अवस्था सम्ममा पुग्न नपर्ने सुझाव राखेका थिए ।
कार्यक्रममा सस्थाका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले छरिएर रहेको पुजीलाई एकिकृत गरि सेयर सदस्यमा बचत गर्ने बानी देखि सानातिना काममा सहकारीले सहयोग गर्दै आएको र आगामी दिनमा नयाँ कार्ययोजनाका साथ सस्थालाई अगाडी वढाउने सोच रहेको धारणा राखेका थिए
सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पोखरा महानगरपाकिला वडा नं. ३० का वडा सदस्य बिनोद प्रसाद लामिछाने,सस्थाका सल्लहकार हरि प्रसाद त्रिपाठी,सेयर सदस्यहरुको तर्फबाट भोलानाथ त्रिपाठी,चक्रदेवि बहुमुखि सहकारी सस्थाका अध्यक्ष ऋषिराम जमरकटेल र नागरिक परोपकार समोन्वय सस्थाका अध्यक्ष चिरञ्जिवी तिवारी लगाएतले सहकारीका क्षेत्रमा देखिएका केही कमजोरीले सवै सहकारीलाई असर पुœयाउने भएकाले यस तर्फ सामुहिक रुपमा कार्ययोजना ल्याउनु पर्ने सुझाव राखेका थिए ।
सस्थाका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव भुवनेश्वर त्रिपाठीले गरेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष रामकृष्ण त्रिपाठीले गरेका थिए ।
साविक लेखनाथलाई आफनो कार्यक्षेत्र बनाएको सहकारीले एक हजार एक सय २० सेयर सदस्यहरु मार्फत एक करोड ४०लाख ४५ हजार दुई सय सेयर पुजी बनाउन सफल भएको छ ।
Discussion about this post