• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

पाँचौ डायमण्ड रनिङ सिल्ड सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
October 21, 2022
in खेलकुद, समाचार, स्थानीय
0
पाँचौ डायमण्ड रनिङ सिल्ड सम्पन्न

पाँचौ डायमण्ड रनिङ सिल्ड सम्पन्न

0
SHARES
762
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ०४ कार्तिक ।
सुमन जिसी
पोखरा महानगरपालिका २७ तालचोकमा अवस्थित डायमण्ड माविमा विद्यालय स्तरिय वृहत खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अनुशासन, समृद्धिका लागि खेलकुद भन्ने मुल नाराका साथ गत असोज ३० गते बाट शुरु प्रतियोगितामा विभिन्न खेलको फाइनल तथा पुरस्कार वितरण सम्पन्न भएको छ ।
समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं.२९ का वडा अध्यक्ष श्री प्रसाद गुरुङले अनुशासनका लागि खेलकुद र खेलकुदका लागि अनुशासन अनिवार्य रहेको बताउनु हुदै , खेलले विद्यार्थीलाई अनुशासनमा बाँध्नुका साथै शारीरिक एवम् मानसिक रुपमा सबल बनाउने धारणा राख्नुभएको थियो ।

पाँचौ डायमण्ड रनिङ सिल्ड सम्पन्न
पाँचौ डायमण्ड रनिङ सिल्ड सम्पन्न

भेट्रान्स समूह र विद्यालय समूह गरि दुई छुट्टा छुट्टै समूहमा खेलाईएको फुटबल खेलमा भेट्रान्स समूहमा व्याज–६९ समूह प्रथम हुन् सफल भएको छ । भेट्रान्स समूहले पूर्व प्याव्लो युनाईटेड समूहलाई २–१ गोल अन्तरले जित हात पार्न सफल भएको छ ।
१४ ओटा समूहको सहभागिता रहेको विद्यालय फुटबल प्रतियोगितामा व्यवस्थापन + होटल मेनेजमेन्ट ए समूह प्रथम भएको छ भने दोस्रो स्थानमा कक्षा १० ए ले चित्त बुझाएको छ । व्यवस्थापन + होटल मेनेजमेन्ट ए समूहले कक्षा १० ए समूहलाई २—१ गोलले पराजित गर्दै पाँचौ डायमण्ड रनिङ सिल्डको उपाधि जितन सफल भएको हो ।

पाँचौ डायमण्ड रनिङ सिल्ड सम्पन्न
पाँचौ डायमण्ड रनिङ सिल्ड सम्पन्न

छात्रा भलिबलको उपाधि कक्षा १२ समूहले जित्यो भने छात्र तर्फ पूर्व व्यवस्थापन समूह विजेता भएको छ । यो सँगै पूर्व व्यवस्थापन समूह लगातार तिन पटक विजेता बन्दै डायमण्ड रनिङ सिल्ड हात पार्न सफल भएको छ ।
यसैगरि क्रिकेट तर्फ पूर्व विज्ञान समूहले जित हात पार्न सफल हुदाँ कक्षा १२ व्यवस्थापन समूहले दोस्रो स्थानमा चित्त बुझाएको छ ।
प्रतियोगितामा आयोजित टेबल टेनिस छात्र तर्फ अनुप गुरुङ्ग प्रथम भएका छन् भने विपिन कुइँकेल दोस्रो हुन् सफल भएका छन् त्यसैगरि छात्रा तर्फ अनुषा गौतम प्रथम र अंकिता गुरुङ्ग दोस्रो हुन् सफल भएका छन् ।


प्रतियोगितामा फुटबल तर्फ ३ गोल गर्दै पूर्व प्याव्लो युनाईटेड समूहका सुलभ खनालाले सर्बाधिक गोल कर्ताको उपाधि हात पारे भने , व्याज ६९ समूहका संजिव गुरुङ्ग उत्कृष्ट खेलाडी बनेका छन् । विद्यालय समूह फुटबल तर्फ ५ गोल गर्दै व्यवस्थापन + होटल मेनेजमेन्ट ए समूहका किसन पुन सर्बाधिक गोल कर्ताको उपाधि हात पारे भने , कक्षा १० ए का एरिक पुन उत्कृष्ट खेलाडी बनेका छन् । छात्र भलिबल तर्फ टोनिज गुरुङ्ग उत्कृष्ट खेलाडी र माक्स गुरुङ्ग उत्कृष्ट स्पाईकर भएका छन् भने छात्रा तर्फ अंकिता गुरुङ्ग उत्कृष्ट खेलाडी र अनुशा गौतम उत्कृष्ट स्पाईकरको उपाधि हात पारेकी छन् । क्रिकेट तर्फ सर्वाधिक विकेट लिने खेलाडी र उच्चतम रन लिने खेलाडीको उपाधी पूर्व विज्ञान समूहका संञ्चन श्रेष्ठले हात पार्न सफल भएका छन् ।
प्रतियोगिता संचालन गर्नका लागि खेल अबधि भर रेफ्रिको भुमिका निर्वाह गरेकोमा मनिष क्षेत्री र सुमन गुरुङ्गलाई समेत पुरस्कार वितरण कार्यक्रममा सम्मान गरिएको थियो ।


समापन कार्यक्रममा गण्डकी विश्व विद्यालयका खेलकुद संयोजक डा.मधुसुधन सुबेदी, डाईरेक्टर अफ रिर्सच सेन्टरका डा. राजकुमार थापा, वडा नं. २७ की वडा सदस्य बुद्दिमाया गुरुङ्ग + २ संयोजक शिव प्रसाद लामिछाने लगाएतले विजयी विद्यार्थीहरुलाई शुभकामना दिनुभएको थियो ।
विद्यालयका संस्थापक निदैशक माधवशरण उपाध्यायको सभापत्तित्वमा संचालन भएको समापन कार्यक्रमका कार्यक्रम माथि प्रकाश तथा स्वागत विद्यालयका संस्थापक प्रिन्सिपल यम वहादुर रोकाले गर्नु भएको मा धन्यवाद ज्ञापन विद्यालयका संस्थापक व्यवस्थापक हरि प्रसाद लामिछानेले गर्नु भएको थियो । कार्यक्रमको संचालन शिक्षक नारायण प्रसाद वाग्ले ले गर्नु भएको थियो ।

Previous Post

पाँचौ डायमण्ड रनिङ सिल्ड जारी

Next Post

सुख दुःखको साथी बन्नुपर्छ सहकारी ः तिवारी

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
सुख दुःखको साथी बन्नुपर्छ सहकारी ः तिवारी

सुख दुःखको साथी बन्नुपर्छ सहकारी ः तिवारी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?