सुमन जिसी
लेखनाथ, १ कार्तिक । कास्कीको पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा पाँचौ डायमण्ड रनिङ शिल्ड खेलकुद प्रतियोगिता जारी रहेको छ ।
अनुशासन, समृद्धिका लागि खेलकुद भन्ने मुल नाराका साथ संचालन भईरहेको खेलकुद प्रतियोगिताको तेस्रो दिन विद्यालय स्तरीय फुटबलका पहिलो चरणका ६ खेल सम्पन्न भएको विद्यालय संयोजक विकास लामिछानेले जानकारी दिनुभएको छ ।
तेस्रो दिनको पहिलो फुटबल खेल होटल मेनेजमेन्ट समुह ए ले कक्षा ८ ए लाई ३—० गोलले पाखा लगाउदै समुहको दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ । त्यस्तै सुशान्त थापाको ह्याट्रिक गोलको मद्धतमा कक्षा ८ बि लाई पछि पारदै विज्ञान समुह ए विजयी बनेको छ ।
तेस्रो दिनका तेस्रो खेलमा विज्ञान समुह बि ले कक्षा ९ ए लाई बिकल तिवारीको ह्याट्रिक सहित ६—० गोलको सहज जित निकालन सफल भएको छ जुन खेलमा आदर्श अधिकारीले दुई र प्रेम गुरुङ्गले एक गोल गरेका थिए ।
कक्षा १० ए ले कक्षा ११ व्यवस्थापन लाई दुई गोलको सहज जित निकालन सफल भएको छ जुन खेलमा पुष्पाञ्जल ढकाल र सबिन थापाले एक एक गोल गरेका थिए । त्यस्तै प्रनिस गुरुङ्गको ४ र समिप गुरुङ्गको १ गोलको मद्धतमा व्यवस्थापन समूह ए ले व्यवस्थापन समूह एएए का विच पनि सहज जित हासिल गरेको छ जुन खेलमा व्यवस्थापन समूह एएएका तर्फबाट कृष्ण के.सी.ले सान्त्वना एक गोल गर्न सफल भएका थिए । तेस्रो दिनको अन्तिम खेलमा आनन्द थापाको दुई गोलले व्यवस्थापन समुह अर्काे चरणमा प्रवेश गरेको छ । जुन खेलमा होटल मेनेजमेन्ट समुह बि लाई हराएको विद्यालयका +२ संयोजक शिवप्रसाद लामिछानेले जानकारी दिनुभएको छ ।
जारी पाँचोे डायमण्ड रनिङ सिल्ड यहि कार्तिक ४ गतेसम्म संचालन हुने विद्यालयका प्रविधि तथा संचार संयोजक सुमन जिसीले जानकारी दिनुभएको छ ।
Discussion about this post