• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

हाम्रो सहयोगी सहकारीको १३ औँ साधारणसभा, पत्रकार दाहाल पुरस्कृत

Lekhnath Khabar by Lekhnath Khabar
September 27, 2022
in अर्थ खबर, समाचार
0
0
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोकस्थित हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारणसभासम्पन्न भएको छ ।

साधारणसभा शुभारम्भ गर्दै गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले सहकारी संस्थामा सबैको अपनत्व गरी सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘संस्थामा सबैको अपनत्व हुने गरी सञ्चालन गर्नुपर्दछ, सदस्यको भूमिकाका बारेमा जानकारी सबैमा हुनु आवश्यक छ ।”

मन्त्री बुढाले वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै सबै सहकारीले काम गर्नुपर्ने बताए । सहकारी स्थापनाको मर्म तथा अवधारणा अनुसार काम भए यो अर्थतन्त्रको बलियो तेस्रो खम्बा बन्ने उनको भनाइ छ । मन्त्री बुढाले देशमा आत्मनिर्भर अर्थतन्त्र विकासका लागि सहकारीको ठूलो भूमिका रहेकाले उत्पादनमा संस्थाले लगानी गर्नुपर्ने बताए ।

सहकारीका अध्यक्ष शुक्रराज कँडेलले महामारी पश्चातको आर्थिक मन्दी र तरलता अभावलाई अवसरका रुपमा परिणत गरिने बताए । उनले संस्थाको कार्यक्षेत्र पोखरा महानगरपालिका सहित रुपा गाउँपालिकामा पनि विस्तार गरी त्यस क्षेत्रमा सहकारी गतिविधि सञ्चालन गरिएको बताए ।

साधारणसभामा जिल्ला सहकारी संघ कास्कीका सदस्य चन्द्रा पराजुली, पोखरा महानगर सहकारी समितिका सदस्य नारायण प्रसाद आचार्य, हाम्रो सहयोगी उपभोक्ता सहकारी संस्थाका संस्थापक अध्यक्ष उमाकान्त खनाल, सक्षम बचत तथा ऋण सहकारीका अध्यक्ष विश्वमित्र सुवेदी, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना लगायतले संस्थाले सदस्यहरुको हितसँगै सवल अर्थतन्त्र निर्माणमा सहयोगी हुने विश्वास व्यक्त गरे ।

सभामा उपाध्यक्ष रुद्रबहादुर विश्वकर्माले स्वागत र सचिव कृष्णप्रसाद तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।

साधारणसभाको अवसरमा पोखराका क्रियाशील पत्रकार पुष्प दाहाललाई सहयोगी सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको थियो । कृषिमन्त्री बुढाले दाहाललाई नगदसहित सम्मान गरेका हुन् ।

सो अवसरमा संस्थाका उत्कृष्ट कर्मचारी सम्झना भुजेललाई पनि सम्मान गरिएको थियो । यसैगरी साधारणसभाका अवसरमा पोखरा वडा नं ३१ स्थित विश्वज्योति आधारभूत विद्यालयका एक छात्र र एक छात्रालाई जनही रु पाँच हजारका दरले छात्रवृत्ति प्रदान गरिएको थियो ।

Previous Post

पचभैया सामुदायीक होमस्टेको छैटौं साधारण सभा सम्पन्न

Next Post

सार्वजनिक जग्गामा नयाँ संरचना नवनाउन पोखरा ३१ को आग्रह

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

Next Post
नागरिक परोपकारको मिडिया उपसमिति गठन

सार्वजनिक जग्गामा नयाँ संरचना नवनाउन पोखरा ३१ को आग्रह

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?