• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पचभैया सामुदायीक होमस्टेको छैटौं साधारण सभा सम्पन्न

पचभैया क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसकेको वक्ताहरुको गुनासो

Lekhnath Khabar by Lekhnath Khabar
September 27, 2022
in समाचार, स्थानीय
0
0
SHARES
98
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, असोज ११ । पचभैया सामुदायीक होमस्टे पोखरा–३१ को छैटौं साधारण सभा मंगलबार सम्पन्न भएको छ । ४३ औं विश्व पर्यटन दिवसको अवसरमा आयोजित साधारण सभाको उद्घाटन गर्दै पर्यटनविद एवं वन विज्ञान अध्ययन संस्थान पोखराका प्राध्यापक डा. श्रीकान्त खतीवडाले दिगो व्यवस्थीत र जिम्मेवार पर्यटन सामुदायीक पर्या–पर्यटनबाट मात्र सम्भव हुने वताएका छन ।

उनले समुदाय अघि सरेर सञ्चालन गरेका पर्या–पर्यटनका गतिविधिहरुलाई प्रदेश सरकार एवं स्थानीय सरकारले सहयोग गर्नुपर्ने वताउँदै अतिथी सत्कार, क्षमता विकास, सहुलियत कर्जा लगायतका विषयमा राज्यले ध्यान दिनुपर्ने वताएका थिए ।

उक्त अवसरमा पोखरा महानगरपालिका वडा नं.३१ का वडा सदस्य विनोदमणि लामिछानेले पर्यटनको विकासका लागी महागनगरले ल्याएका योजनाहरुमार्फत वडास्तरबाट सक्दो पहल र प्रयास गर्ने वताएका थिए ।

यस्तै पचभैया सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष दिनानाथ ढकालले प्रचुर पर्यटकिय सम्भावना बोकेर पनि पचभैया क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसकेको गुनासो गरे । यस क्षेत्रलाई पर्यटकीय हबको रुपमा वा पर्यटकिय वडा घोषणा गर्न सके राज्यको पर्यटनका पुर्वाधारहरु निर्माण लगायतका विषयमा राज्यको नजर पर्न सक्ने विश्वास व्यक्त गरेका थिए ।

संस्थाका सल्लाहकार एवं पर्यटन व्यवसायी दामोदर भक्त थापाले सामुदायीक होम स्टेले पदमार्ग निर्माण लगायतका विभिन्न गतिविधिहरु गर्दै आएपनि पर्याप्त नभएको वताउँदै बनको सौन्दर्यकरण गरी पर्यटकीय आर्कषणको क्षेत्र बनाउनेतर्फ बन समितिले पनि ध्यान दिनुपर्ने वताएका थिए । उनले पर्यटकिय पुर्वाधारहरुको विकास र संरक्षणको लागी स्थानिय निकायले सहयोग गर्नुपर्ने र स्थानीयहरु पनि जागरुक हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा दिदिबहिनी महिला समुहकी अध्यक्ष यमुना सुवेदी, पचभैया आमा समुहकी अध्यक्ष विष्णु गुरुङ, पचभैया देउराली आमा समुहकी सचिव विपना कुँवर थापा, लगायतले बोलेका थिए । साधारण सभाले सचिव गणेश ढकालको वार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष पदम लामिछानेको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।

संस्थाकी अध्यक्ष निमा थापामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सरस्वती थापाले स्वागत गरेकी थिईन भने कार्यक्रमको सञ्चालन सचिव पदम लामिछानेले गरेका थिए ।

Previous Post

जल्धारे सहकारीको अध्यक्षमा बराल

Next Post

हाम्रो सहयोगी सहकारीको १३ औँ साधारणसभा, पत्रकार दाहाल पुरस्कृत

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

Next Post
हाम्रो सहयोगी सहकारीको १३ औँ साधारणसभा, पत्रकार दाहाल पुरस्कृत

हाम्रो सहयोगी सहकारीको १३ औँ साधारणसभा, पत्रकार दाहाल पुरस्कृत

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?