लेखनाथ,११ असोज । पोखरा महानगरपालिका वडा नं २६ मा रहेकोे जल्धारे बचत तथा ऋण सहकारी सस्थाको अध्यक्षमा विष्णु प्रसाद बराल चयन भएका छन । संस्थाको १४ औं बार्षिक साधारण सभा तथा छैटौं अधिवेशले आगामी कार्यकालका लागि विष्णु प्रसाद बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
सोमवार भएको अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुन नसकेपछि मंगलवार भएको बिशेष भेलाले सर्वसम्वत रुपमा पुर्व कार्यसमितिका सचिव विष्णु प्रसाद बरालको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा सारदादेवि बराल, सचिवमा विचित्रनाथ ढुगाना, कोषाध्यक्षमा विश्वराज अधिकारीलाई चयन गरेको हो भने समितिको सदस्यहरुमा सुर्यप्रकाश ढुगाना, मदन प्रकाश बराल, बिष्णुहरि ढुगाना, मदन बराल, ध्रुव बहादुर वि क, अर्जुन धिताल र सृजना तिवारी रहेका छन् ।
यसैगरि सोही भेलाले लेखा समितिको संयोजकमा जिवन ढुंगाना र सदस्यहरुमा बिबेक ढुगाना र लक्ष्मी प्रसाद ढुगानालाई छनोट गरेको हो ।यसैबिच नवनिर्वाचित टिमलाई निर्वाचन संयोजक राममणि ढुंगानाले पद तथा गोपनीयताको सपथ गराएका थिए ।
सहकारीको क्षेत्रमा उल्लेख्य काम गरेको संस्थाले चालु आर्थीक वर्षसम्ममा एक हजार ५२ सेयर सदस्यहरु मार्फत चार करोड ७९ लाख ४७ हजार सेयर पुजी बनाउन सफल भएको छ ।







Discussion about this post