लेखनाथ, १२ असोज ।
पोखरा महानगरपालिका वडा नं ३१ वडा कार्यालयले पोखरा ३१ मा सार्वजनिक जग्गा अतिक्रमण सडकहरुमा नयाँ संरचना निर्माण नगर्न आग्रह गरेको छ ।
पोखरा ३१ म सार्वजनिक जग्गा अतिक्रमण सडकहरुमा र बेगनासतालको वरिपरि मापदण्ड भित्र नयाँ संरचना निर्माण नगर्न मंगलबार एक सूचना प्रकाशित गरी जानकारी गराइएको हो ।
असोज ९ गतेको वडा समितिको बैठकको निर्णय अनुसार वडावासीहरुलाई जानकारीका लागि सुचित गरिएको वडा अध्यक्ष ढकनाथ कढेलले जानकारी दिए ।
Discussion about this post