लेखनाथ, ५ असोज
पोखरा २६ बुढीबजारमा नेपाली युवाले दारी कपाल सैलुन सञ्चालनमा ल्याएका छन् । स्थानीय संगम नगर निवासी ४० वर्षीय रोशन कुँवरले करिब ६ लाखको लगानीमा सैलुन सञ्चालनमा ल्याएका हुन् ।
सैलुनको बुधबार एक कार्यक्रमबीच पोखरा २६ का वडा अध्यक्ष नरेन्द्र थापाले उद्घाटन गरे । उनले स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यले नेपाली युवाद्वारा सञ्चालित सैलुनको सफलताको कामना गर्दै हरेक युवाहरु सीप सिकेर दक्ष बन्नुपर्नेमा जोड दिए । अध्यक्ष थापाले काम कहिल्यै ठूलो र सानो नहुने बताउँदै युवालाई आवश्यकता अनुसारको सीप सिकाउन वडा कार्यालय तत्पर रहेको बताए । यसका लागि लेखनाथ उद्योग वाणिज्य संघ लगायत संघ संस्थासँग सहकार्य गरिने बताए ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले नेपाली यूवाहरु स्वदेशमै स्वरोजगार बन्न सकेको खण्डमा स्वदेशी पैसा विदेश पलायन हुनबाट रोकिने र मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बताए । उनले सीपम ूलक तालिम सञ्चालनका लागि संघले सिटिइभिटीसँग एमओयु गरिसकेको जानकारी दिए ।
सैलुनका सञ्चालक रोशन कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रवीन रानाभाटले स्वागत र सचिन रानाभाटले कार्यक्रम संचालन गरेका थिए । पोखरामै पेपर कप उत्पादन व्यवसायसमेत सञ्चालन गरेका कुँवरले नेपाली युवाहरुमा भएको सीप र क्षमताको प्रोत्साहन गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सैलुन सञ्चालनमा ल्याएको बताए । १ महिनाभित्र चाउथे र अर्घौ ं चोकमा गरी २ शाखा सञ्चालनमा ल्याउने कुँवरको योजना छ ।
Discussion about this post