सुमन जिसी
लेखनाथ, ०३ असोज ।
पोखरा महागरपालिका वडा नं २७ को श्री लक्ष्मी आदर्श टोल विकाश संस्थाको आठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले आगामी कार्यकालका लागि सप्त बहादुर जिसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बिमला पहारी पौडेल र जयराम राज भण्डारी, सचिवमा सिता बास्तोला पराजुली, सह सचिवमा बलराम लामिछाने र कोषाध्यक्षमा गणेश पौडेल चयन गरेको छ ।
समितिका सदस्यहरुमा विद्यादेवि शर्मा, अम्बिका पोखरेल, रचित पौडेल, थानेश्वर भट्टराई र लक्ष्मी वि.क. रहेका छन् ।
समितिको लेखा संयोजकमा सुमन जिसी तथा सदस्यमा सरोज भट्टराई र दिपक पौडेल चयन भएका छन् ।
सस्थाकी कार्यवाहक अध्यक्ष बिमला पहारी पौडेल को अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका कार्यपालिका वडा नं २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ्गले राष्ट्र विकाश हुन्ु पहिला टोल र समाजको विकाश हुनु पर्ने कुरामा जोड दिनुभएको थियो । समाज र टोलको विकाश हुने जुन सुकै कार्यमा पनि वडाको साथ र सहयोग रहने धारण व्यक्त गर्नु भएको थियो ।
विशेश अथितीको रुपमा रहनु भएका पोखरा महानगरपालिका सामाजिक विकाश प्रमुख रविन्द्र अधिकारीले गरिवीको रेखामुनी रहेकाको जिवनस्तर सुधार गर्न सक्ने खालका योजना ल्याउन टोल विकाश संस्थालाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा लक्ष्मी आदर्श मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि लामिछाने, प्रधानध्यापक रविन्द्र भट्टराई, निर्वतमान अध्यक्ष राजु अधिकारी लगाएतले शुभकामना मन्तव्य राख्यका थिए ।
कार्यक्रममा संस्थाको वृद्ध सम्मान तथा १२ कक्षाका उत्कृष्ट नतिजा प्राप्त गर्ने एक छात्र र एक छात्रा लाई समेत सम्मान गरिएको थियो जसमा वृद्ध सम्मानमा ९२ वर्षिया आमा यशोधा ढकाल लाई सम्मान गरिएको थियो भने उत्कृष्ट नतिजा ल्याउनेमा सुजित परियार र स्नेया श्रेष्ठ लाई सम्मान गरिएको थियो ।
Discussion about this post