लेखनाथ, २ असोज ।
पोखरा महानगरपालिका वडा नं. २९ ले सोमबारदेखी वडा सरसफाई अभियान सञ्चालन गर्ने भएको छ । समृद्ध र नमुना सहतको सुखी वडा हाम्रो अभियान, स्वच्छ सफा हराभरा २९ नं. हाम्रो वडा भन्ने नाराका साथ सञ्चालन गर्ने अभियानको शुभारम्भ असोज ३ गते सोमबार बिहान ७ वजे वडा कार्यालयबाट शुरु गरीने वडाध्यक्ष श्रीप्रसाद गुरुङ्गले जानकारी दिए ।
संविधान दिवसको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रमको पहिलो दिन सोमबार पृथ्वी राजमार्ग दायाँ बाँया तालचोक देखी पावर हाउस क्षेत्रमा सरसफाई गर्ने र त्यसपछिका दिनमा साप्ताहिक रुपमा निरन्तर सञ्चालन गरिने पनि वडाध्यक्ष गुरुङले जानकारी दिए ।
चाडपर्वको समयलाई समेत मध्यनजर गर्दै आयोजना गरिएको अभियानबाट पछिल्लो क्रममा महामारीको रुपमा फैलदैं गरेको डेंगु रोगको रोकथाममा समेत सहयोग पुग्ने र पोखरालाई पर्यटकिय राजधानीको रुपमा विकास गर्ने पोखरा महानगरको लक्ष्यलाई समेत टेवा पुग्ने वडाध्यक्ष गुरुङ्गले विश्वास समेत लिएका छन ।
स्वस्थ जिवन नै सुखी जिवन भन्ने अभिप्रायले सञ्चालीत अभियानबाट विभिन्न संक्रमित रोगहरुबाट समेत नागरिकहरुलाई सुरक्षीत राख्नुका साथै स्वच्छ, सफा र हराभरापुर्ण वातावरणले देशकै नमुना वडाको रुपमा पहिचान दिलाउने वडाध्यक्ष गुरुङ्गले वताए ।
वडाभित्रका सबै सार्वजनीक स्थलहरुको सरसफाई गर्ने उद्धेश्यका साथ सञ्चालन गरिने अभियानमा वडा भित्रका सम्पुर्ण टोल विकास संस्था, आमा समुह, युवा क्लवहरु, विभिन्न संघ संस्था एवं राजनितिक दलहरुलाई सक्रियताका साथ सहभागीता जनाईदिन वडा कार्यालयले अनुरोध समेत गरेको छ ।
Discussion about this post