लेखनाथ , असोज २
टिभी एस नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स अन्तर्गत गण्डकी धौलागिरीको आधिकारिक विक्रेता वतास ब्रदर्सको आधिकारिक सर्भिस सेन्टर तालचोकमा असोज ३ देखी ७ गते सम्म ‘फ्रि सर्भिस क्याम्प’ संचालन हुने भएको छ ।
पोखरा २७ तालचोका स्थित पश्चिमान्चल पेट्रोल पम्प संगै रहेको प्रविन मोटरसाईकल वर्कशपमा टिभी एस ‘फ्रि सर्भिस क्याम्प’ हुन लागेको हो । उक्त सर्भिस क्याम्प अवधिभर टिभिएसका ग्राहकले आफ्नो बाईक तथा स्कुटर सर्भिसमा आकर्षक छुट र अन्य अफरहरु पाउनेछन् ।
दशैं अगाडी गर्न लागिएको सर्भिस क्याम्पमा ग्राहकले लेवर चार्ज मा शत प्रतिशत छुट, नि: शुल्क वास तथा आकर्षक गिफ्ट ह्याम्पर समेत पाउने संचालक प्रविन लामिछाने ले जानकारी दिएका छन् ।
साथै, यो अवधिमा टिभिएसका ग्राहकले स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशत छुट पाउनेछन् भने एनुअल मेन्टेनेन्स कन्ट्र्याक्ट (AMC) को सुविधा समेत लिन पाउने छन् ।
Discussion about this post