लेखनाथ, २९ भदौ ।
म्याग्दी जिल्ला अन्नपुर्ण गाउँपालिका वडा नं ६ घार पोखरे बगर घर भएकी अग्नी पिडित याम कुमारी खड्कालाई घार म्याग्दी पोखरा समाजले सहयोग गरेको छ ।
गत भदौ १२ गते घरमा खाना पकाउने क्रममा ग्यास पडकिएर घाईते भएकी याम कुमारी खड्कालाई समाजको सक्रियतामा विभिन्न सहयोगी दाताहरुबाट संकलन गरिएको ९० हजार उनी उपचाररत रहेको गण्डकी हस्पिटलमा पुगी हस्तान्तरण गरिएको हो ।
उनि सगै घटनामा परेकी नन्द कुमारी वरुवालको उपचारको क्रममा निधन भएको थियो । एकल महिला र आर्थीक अवस्था पनि कमजोर रहेकाले घार म्याग्दी पोखरा समाज र शुभकामना सहकारी संस्थाको पहलमा विभिन्न सामाजिक संघ सस्था तथा देश विदेशमा रहेका दाजु भाईहरुसँग हार गुहार गरेर संकलन गरिएको रकमलाई घाईतेको उपचारमा सहयोग पुग्ने उद्धेश्यले हस्तान्तरण गरिएको समाजका अध्यक्ष प्रेम शंकर वरुवालले जानकारी दिएका छन् ।
उपचारको क्रममा उनको स्वास्थ्य अवस्थामा क्रमश सुधार हुदै आएको र अझै थप उपचारका लागि पनि पैसा अपुग भएकाले आर्थीक संकलनको अभियान निरन्तर रहेकोले सहयोग गर्न चाहनु हुने महानुभवले ९८४६०३२८०१ मा सम्पर्क गर्नका लागि समाजले अपिल गरेको छ ।
आर्थीक अभाव कै कारणले उनको ज्यान नजाओस भन्ने उदेश्यले यो अभियान संचालन गरिएको र सहयोग आउने क्रम पनि जारी रहेकाले सवैको साथ र सहयोगबाट अग्नी पिडित याम कुमारीलाई बचाउन सकिने अध्यक्ष बरुवालको अनुरोध रहेको छ ।







Discussion about this post