रामशरण नेपाली
लेखनाथ, भाद्र ३१ । न्यू लेखनाथ पब्लिक एकेडेमी पोखरा-३० शिशुवामा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गर्नुका साथै अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. ३० का सदस्य विनोद लामिछानेले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको उज्जवल शैक्षिक भविष्यको कामना गर्दै असल नागरिक बनेर राष्ट्र निर्माणमा योगदान गर्न आग्रह गरे ।
कार्यक्रममा व्यवस्थापन संकायको महत्व एवं विद्यार्थीहरले ध्यान पुरयाउने कुराहरु ल्गायतका विषयमा नबिल बैंक लिमिटेड बगर शाखाका प्रबन्धक एवं प्राध्यापक दिनानाथ तिवारीले अभिमुखीकरण गराएका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी बाँस्तोला, कक्षा ११ की शिक्षिका सकुन्तला शर्मा, नव आगन्तुक विद्यार्थीहरुको तर्फबाट जेनिशा भुजेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने विद्यार्थिहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष दयाराम तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य ऋषिकान्त अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक हरिराज अधिकारीले गरेका थिए ।







Discussion about this post