लेखनाथ, २९ भदौ ।
जनता समाजवादी तमुवान राष्ट्रिय समितिको प्रथम वैठक तथा प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री तथा जसपा केन्द्रीय कार्यकारीणी सदस्य तथा गण्डकी प्रदेश ईञ्चार्ज शिवलाल थापामगरले नयाँ संविधान निर्माण गर्ने ६०१ मध्ये आफु पनि एक भएको वताउँदै आफुहरुले चाहेको संघियता अहिलेको जस्तो भएको नभई जातिय पहिचान सहितको संघियता भएको वताएका थिए ।
पहिचान र सार्मथ्यको आधारलाई टेकेर शासकिय स्वरुप र राज्यको पुर्नसंरचना गरिनुपर्ने वताउँदै थापाले अहिलेको संविधान अधुरो र अपुरो रहेकाले यसलाई पुर्णता दिईनुपर्ने वताएका थिए ।
यस्तै पार्टिका राज्य समिति सदस्य एवं तमुवान राज्य समितिका ईञ्चार्ज रुद्र बहादुर गुरुङले यथास्थितिवादीहरुले फुटाउ र शासन गर को सिद्धान्त अनुरुप तमु जातीहरुको एकता विथोल्ने गरेको आरोप लगाउँदै उनीहरुलाई सामाजीक बहिष्कार गरिनुपर्ने वताएका थिए ।
कार्यक्रममा राज्य समिति सदस्य एवं मगरात राज्य समितिका सह–ईञ्चार्ज निर्मल जिसी, जसपा राजनितिक समिति सदस्य तथा गण्डकी प्रदेश संयोजक धनप्रसाद तामाङ, केन्द्रीय सदस्य याममाया पुन मगर, समाजवादी विद्यार्थी यूनियन गण्डकीका अध्यष विषम भुजेल लगायतले बोलेका थिए ।
जनता समाजवादी पार्टी तमुवान राष्ट्रिय समितिका अध्यक्ष मन बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य उमा गुरुङले स्वागत गरेकी थिईन भने कार्यक्रमको सञ्चालन सचिव चन्द्र तामाङ ‘मुस्कान’ ले गरेका थिए ।
Discussion about this post