लेखनाथ, भदौ १८ । पोखरा महागरपालिका वडा नं २७ को रिठेपानीमा रहेको रिठेपानी बचत तथा ऋण सहकारी संस्थाको दशौं साधारण सभा तथा चौथो अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले प्रकाश पन्तको अध्यक्षतामा सहकारीमा नयाँ नेतृत्व चयन गरेको छ ।
सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा अमन घले , सचिवमा कुशप्रसाद गुरुङ, सह सचिवमा विष्णुप्रसाद पौडेल र कोषाध्यक्षमा रामप्रसाद अधिकारी रहेका छन् ।
समितिका सदस्यहरुमा विष्णुप्रसाद गुरुङ, तारादेवी गुरुङ, सूर्य भट्टराई,मञ्जू गुरुङ , छविलाल कण्डाल र मीना क्षत्री रहेका छन् ।
यसैगरी समितिको लेखा संयोजकमा रेशम बहादुर थापा चयन भए भने सदस्यमा मनकुमारी तामाङ्ग र पुस्पा गुरुङ चयन भएका छन् । ऋण समिति र शिक्षा समिति भने नया समितिले चयन गर्ने वताइएको छ ।
साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पुर्णकुमार गुरुङले स्थानीय स्तरको स्रोत र साधनको प्रयोग गरी सेयर सदस्यको आय आर्जनमा बढवा दिने खालका र रोजगारीका अवसरहरु सृजना गर्न,हुँदाखाने बर्गलाई कार्यक्रम ल्याउन आग्रह गरेका थिए ।
संस्थाका अध्यक्ष ईन्द्र बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाश पन्तले स्वागत गरेका थिए । सभामा सचिव कुशप्रसाद गुरुङका प्रतिवेदन सहित भावी योजना,कोषाध्यक्ष रामप्रसाद अधिकारीकोे आर्थिक प्रतिवेदन र लेखा समितिका कार्यबाहक संयोजक रेशम थापाको लेखा प्रतिवेदन पारित भएका थिए ।
साधारण सभाका अवसरमा यसवर्षका असल कारोवार गर्नेहरु पशुपति गुरुङ, पार्वती गुरुङ , राजबहादुर गुरुङ र तिलबहादुर गुरुङलाई सम्मान गरिएको थियो । प्रबन्धक द्रौपदी गुरुङ, सल्लाहकार जगबहादुर गुरुङ, निर्वाचन संयोजक विष्णुहरि पौडेल , सदस्य हेमचन्द्र अधिकारी संस्थापक अध्यक्ष यमप्रसाद गुरुङ, राष्ट्रिय सहकारीबैंक तालचोक शाखाका सन्तोष घिमिरे लगायतले आआफ्ना धारणा राखेका थिए ।सहकारीको २७ करोड बराबरको कारोवार रहेको छ ।
Discussion about this post