लेखनाथ, १८ भदौ ।
लेखनाथ सामुदायिक बचत तथा ऋण सहकारी सस्था पोखरा २७ ले बिबिध कार्यक्रमका साथ आफनो १४ औं बार्षिक साधारण सभा मनाएको छ ।
साधारण सभाको उद्घाटन गर्दै सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार उदय बहादुर पराजुलीले सहकारीले सेयर सदस्यको पौसा बचेर कमाएको नाफालाई बोनसको रुपमा वितरण गर्नु मात्र सहकारीको मर्म र शिध्यान्त नभएकाले आय आर्जनको क्षेत्रमा लगानी बढाउदै उत्पादनशिल क्षेत्रको प्रवद्धन गर्नु पर्नेमा जोड दिएका हुन् ।
सहकारीले छरिएर रहेको पुजीलाई एकिकृत गरि पैसाको अभावमा लगानी गर्न नपाएका सेयर सदस्यलाई कम ब्याज दरमा ऋण प्रवाह गरि गरिवीको रेखामुनी रहेकाको जिवनस्तर सुधार गर्न सक्नु पर्ने सुझाव राखेका थिए ।
सस्थाका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीले लगानी गर्दै आएका विभिन्न क्षेत्रका उत्कृष्ठ सेयर सदस्यहरु र विभिन्न उप समितिका संयोेजक तथा सदस्यहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रधानमन्त्रि आधुनिकीकरण परियोजना कार्यन्वयन निकाय कास्कीका प्रमुख अजय अधिकारी, सल्लाहकारहरुको तर्फबाट राममणि अधिकारी,सि एम सि कास्कीका अध्यक्ष कपिल कोईराला लगाएतले सहकारीले गरिवलाई धनि बनाउने योजना ल्याउनु पर्नेमा जोड दिएका थिए ।
सस्थाका सचिव कृष्ण प्रसाद तिवारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष हिमालय ओझाले गरेकी थिईन ।
Discussion about this post