रामशरण नेपाली
लेखनाथ, भदौं १८ ।
हिमालयन हाईल्याण्ड टोल विकास संस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालीका वडा नं. ३० का सदस्य विनोद प्रसाद लामिछानेले टोलमा आवश्यक पुर्वाधार निर्माण एवं विकास निर्माणका कार्यमा वडाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
उक्त अवसरमा विशेष अतिथी वडा टोल संयोजक खेमराज बाँस्तोला, संस्थाकी निवर्तमान अध्यक्ष ईन्दिरा शर्मा, निर्माण टोल विकास संस्थाकी अध्यक्ष भोज कुमारी गुरुङ, सल्लाहकार डा. ऋषि ढकाल लगायतले बोलेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष भुवन श्रेष्ठले हालसम्मका गतिविधि र भावि योजनासहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै महानगरपालिकामै सुन्दर एवं रमणीय स्थानमा रहेको टोललाई स्वच्छ, सफा र नमुना टोल बनाउने वताएका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष दयाराम तिवारीले प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष भुवन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कृष्ण प्रसाद सुवेदीले गरेका थिए ।







Discussion about this post