रामशरण नेपाली, लेखनाथ भदौ १८ ।
लेखनाथ हार्डवेयर एशोसिएसनको नवौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष क्षत्रधर आत्रेयले व्यवसायीहरुविच व्यवसायीक एकता हुनुपर्नेमा जोड दिएका छन ।
उनले समय अनुसार व्यवसायलाई आधुनिकिकरण एवं परिमार्जन गर्न सके व्यवसायीक सफलता हासिल गर्न सकिने वताउँदै आईपर्ने विभिन्न समस्याहरुको एकिकृत रुपमा सामाधान समेत निकाल्न सकिने वताएका थिए ।
व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागी संघले विभिन्न समयमा तालिमहरु सञ्चालन गर्दै आएको र वक्यौता असुली, चेक बाउन्स हुने जस्ता समस्याहरुका लागी संस्थागत रुपमा समेत पहलकदमी लिने गरेको वताउँदै संघले व्यवसाय प्रर्वद्धनका लागि छ्टृै खालको वजेटको व्यवस्था समेत गरेको वताएका थिए ।
यसै गरी एशोसिएसनका संस्थापक अध्यक्ष राजेन्द्र ओझाले कोरोना महामारीका कारण व्यवसायमा नराम्रो असर परेको वताउँदै यसतर्फ राज्यले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा विशेष अतिथि ट्राफिक प्रहरी कार्यालय डाँडाको नाक प्रमुख उदय बहादुर कुँवर, वस्तुगत संघको तर्फबाट निर्माण व्यवसायी संघका प्रेम ब. थापा, पुर्व अध्यक्ष ऋषिराम भण्डारी, बरिष्ठ सल्लाहकार भक्त बहादुर केसी, सल्लाहकार भरत अधिकारी लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष ऋषिराम जमरकटृेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक गम बहादुर सुनारले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव नवराज तिवारी र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष अर्जुन पँगेनीले गरेका थिए ।
जम्मा १३ जना हार्डवेयर व्यवसायीहरुको पहलमा २०६६ सालमा स्थापना भएको एशोसिएसनमा हाल १ सय भन्दा वढि हार्डवेयर व्यवसायीहरु आवद्ध भईसकेका छन ।
Discussion about this post