• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

नियामक निकायको कमजोरीका कारण तरलता अभाव : शेखर गोल्छा

लेखनाथ उद्योग वाणिज्य संघको २६ औं साधारण सभा

Lekhnath Khabar by Lekhnath Khabar
September 3, 2022
in समाचार, स्थानीय
0
0
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली, लेखनाथ भदौ १८ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष शेखर गोल्छाले नियामक निकायको कमजोरीका कारण बजारमा तरलता अभावको अवस्था आएको वताएका छन । शुक्रबार लेखनाथ उद्योग वाणिज्य संघको २६ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो वताएका हुन ।

कोरोना महामारी पछि बैक तथा वित्तिय संस्थाहरुले ब्याजदर घटाउँदै धान्न नसकिने गरी गरेको कर्जा प्रवाह र आयात गर्ने क्षमता भन्दा वढि भईरहेको आयातका कारण अहिलेको अवस्था आएको वताए । बेलैमा कर्जा प्रवाह र आयातमा नियमन गर्न नसक्दा अर्थतन्त्रले धान्न नसक्ने अवस्था आएको भन्दै यसको जिम्मेवार नियामक निकायहरु राष्ट्र बैंक र अर्थ मन्त्रालय हुने उनले वताएका छन ।

तरलता अभावका कारण उधोग व्यवसायहरु सिथिल अवस्थामा रहेका कारण दशैंको मुखमा उद्योगी व्यवसायीहरुमा जुन उत्साह हुनुपर्ने हो तयो नदेखीएको उनले वताए । नियामक निकायको कमजोरीका कारण लघुवित्त र सहकारी संस्थाहरुमा अझै समस्या आउन सक्ने वताउँदै उनले रेमिट्यान्समा देखीएको वृद्धिले अर्थतन्त्रमा केही सुधारका संकेतहरु देखीएको पनि वताए ।

उनले २५ वर्ष पुरा गरेर २६ औं वर्षमा प्रवेश गरेको अवसरमा लेखनाथ उद्योग वाणिज्य संघलाई बधाई ज्ञापन गर्दै जिल्ला, नगरका उद्योग वाणिज्य संघहरु कसरी सञ्चालन हुनुपर्छ, कसरी स्थानीय उद्योगी व्यवसायीहरुको समस्यालाई समाधान गर्न सकिन्छ यसको उदाहरण लेखनाथ उद्योग वाणिज्य संघ भएको वताए । संघलाई ६ पटकसम्म नेपाल उद्योग वाणिज्य महासंघले उत्कृष्ट उद्योग वाणिज्य संघको रुपमा पुरस्कृत गरेको स्मरण गर्दै संघ कति उत्कृष्ट छ, कति राम्ररी सञ्चालन भएको छ कसरी उद्योगी व्यवसायीहरुको दुःख पिडाहरुलाई समाधान गर्न सकेको छ भन्ने प्रष्ट हुने वताए ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले देशमा राजनितिक परिवर्तन भए पनि निजि क्षेत्रमा परिवर्तन नभएको बताए । चालुपूँजीमा राष्ट्र बैंकले लिएको निति निजि क्षेत्रलाई खुम्च्याउन हो कि भन्ने आभास भएको बताउँदै राजनीती र प्रशासकहरुले उद्योगी व्यवसायीहरुका कुरा नसुनेका कारण आन्दोलीत हुनेपर्ने बेला आएको बताए ।

यसै गरी नेपाल उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशका अध्यक्ष सुन्दर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेश सभा सदस्य दिपक कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी, केन्द्रिय सदस्य पुष्प कुंवर, लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्मचार्य, उपमहासचिव जानुका पराजुली लगायतले लेखनाथ उद्योग वाणिज्य संघले ग्रामिण क्षेत्रलाई समेटर सरकारको सहयोगीका रुपमा विकास र सम्मृद्धि निर्माण कार्यमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गरेका थिए।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले स्वागत गदै लेखनाथ उद्योग वाणिज्य संघले २५ वर्षको रजत वर्षमा गरेका कार्यहरुको वारेमा जानकारी गराएका थिए ।

संघका महासचिव उपेन्द्र (राजु) सुवेदीले सञ्चालन गरेको कार्यक्रममा रजत स्तम्भ अनावरण गरिनुका साथै संघको स्थापना कालदेखि हाल सम्मका विभिन्न गतिविधिहरु समेटिएको स्मारिका विमोचन समेत गरिएको थियो ।

उक्त अवसरमा संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्मचार्यद्धारा स्थापित चन्द्र लक्ष्मी जेष्ठ नारीक पत्रकारीता पुरस्कारबाट वरिष्ट पत्रकार कुसुमकेशव पराजुलीलाई प्रदान गरिएको थियो भयो भने संघका पूर्व कार्यसमिति सदस्य कृष्ण ढुंगानाद्धारा स्थापित वातावरण तथा सरसफाइमा लेखनाथ क्लबले योगदान गरेवापत क्लबका अध्यक्ष बालगोपाल श्रेष्ठलाई सम्मान गरिएको थियो ।

Previous Post

अपराध न्युनिकरण पहिलो प्रथामिकताः डि एस पी दाहाल

Next Post

लेखनाथ हार्डवेयर एशोसिएसनको साधारण सभा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
लेखनाथ हार्डवेयर एशोसिएसनको साधारण सभा

लेखनाथ हार्डवेयर एशोसिएसनको साधारण सभा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?