अपराध न्युनिकरण पहिलो प्रथामिकताः डि एस पी दाहा
लेखनाथ, १५ भदौ ।
हंसपुर इलाका प्रहरी कार्यालय मुकाम डाडाकोनाकका प्रमुख प्रहरी नायव निरिक्षक प्रकाश दाहालले जनाताको साथी बनेर अपराध न्यूनिकरणको अभियानलाई पहिलो प्रथामिकतामा राख्ने बताएका छन् ।
भरखरै मात्र सरुवा भई डाडाकोनाक प्रहरी चौकीको जिम्मेवारी समाल्न आएका डि एस पी दाहालको स्वागत तथा सन्मानमा लेखनाथ उद्योग बाणिज्य संघले राखेको कार्यक्रममा बोल्दै कानुन विपरितका जुन सुकै कामलाई पनि नियन्त्रण गरि अपराध जन्य घटनालाई न्युनिकरण गरेर छाड्ने बताएका हुन् ।
पोखरा प्रबेशको मुख्य बाटो पृथ्वीराज मार्ग भएकाले यसमा हुन सक्ने लागु औषध ओसार पोसारका घटनालाई कसरी कम गरि कुलतमा फसेका युवाहरुलाई दुर्वेसनिबाट मुक्त गराउन सकिन्छ भन्ने बारेमा आफनो प्रयासमा सवैको साथ र सहयोगको अपेक्ष्या गर्दै डि एस पी दाहालले ब्यसवायीहरुमा पर्ने असुरक्षालाई सहकार्यको माध्यबाट अन्त्ये गरेर छाड्ने प्रतिवद्धता समेत जनाएका थिए ।
सोही अवसरमा लेखनथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले शान्ति सुरक्षा विना यस क्षेत्रमा उद्योग धन्दा फस्टाउन नसक्ने भएकाले ब्यवसायिहरुका सकरात्म र रचनात्मक काममा सहकार्य हुने बताएका थिए ।
कार्यक्रममा संघका सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पुर्व अध्यक्ष बाबुराम गिरी,वरिष्ठ उपाध्यक्ष बिनोद श्रेष्ठ र महासचिव उपेन्द्रराज सुवेदी (राजु)लगाएतले ब्यवासयि असुरक्षीत हुने खालका जुन सुकै कामलाई पनि न्युनिकरण गर्नु पर्ने सुझाव राखेका थिए ।
Discussion about this post