लेखनाथ । हरितालिका तिजको उपलक्ष्यमा पोखरा २७ रिठेपानीमा रहेको लिटल फ्लावर एकेडेमीमा सम्पन्न तिज गीत प्रतियोगितामा अर्माली पौडेलको समूहले प्रथम स्थान हाँसिल गरेको छ । प्रतियोगितामा सक्षम अधिकारीको समूहले द्धितीय स्थान हाँसिल ग¥र्यो । तृतीय स्थान कञ्चन कुमालको हाँसिल ग¥र्यो ।यसैगरी अर्को तहमा
जस्टिना तामाङ्ग,सन्ध्या नेपाली र पुनम लामाका समूहले प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गरे ।
प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गर्ने समूहलाई विद्यालयका प्रिन्सिपल विकल पौडेलले नगद पुरस्कार प्रदान गरेका थिए । विद्यालयका का १४ टिमले आफ्नो प्रस्तुति राखेका प्रतियोगितामा कक्षा ११ का संयोजक विष्णुहरि पौडेल ,शिक्षिका लक्ष्मी घिमिरे र नृत्य प्रशिक्षक मिलन तामाङले तिज गीतका मूल्याङ्कन गरेका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल विकल पौडेलले सँस्कृतिको जगेर्ना गर्न आग्रह गर्नुका साथै आउँदै गरेको नारीहरुको महान पर्व हरितालिका तिजको सम्पूर्णमा शुभकामना ब्यक्त गरे ।
कक्षा ११ का संयोजक विष्णुहरि पौडेलले आफ्नो मौलिक सँस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता रहेकोमा जोड दिँदै अनुशासन र यस्ता अतिरिक्त कृयाकलापलाई सँगसँगै लैजान ुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको संचालन विधालयका अतिरिक्त क्रियाकलाप प्रमुख विचित्र न्यौपानेले गरेका थिए
Discussion about this post