लेखनाथ, ११ भदौ ।
कास्की जिल्लाको रुपा गाउपालिका वडा नं ७ को दाङसिम¥याङ्ग थाकथलो भई हाल पोखरा महानगरपालिकामा भित्र बिभिन्न पेशा ब्यवसाय गरेर बसोबास गर्दै आएका भट्टराई कुल परिवारका सासु, बुहारी,जेठानी र देवरानिहरुको भेलाले भट्टराई महिला संजाल गठन गरेको छ ।
आफ्नो कुल परिबारमा पर्ने बिभिन्न सामुहिक कार्यहरुमा उपस्थित भइ सुख दुखमा सहकार्य गर्ने उदेश्यले नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रममा भएको भेलाले नारायणी भट्टराई ( रक्षा ) को अध्यक्षतामा १७ सदस्य दाङसिम¥याङ्ग भट्टराई महिला संजाल गठन गरेको हो ।
नव गठित समितिको उपाध्यक्षमा पार्वती भट्टराई सचिवमा उर्वरा भट्टराई, सह सचिवमा सुनिता भट्टराई कोषाध्यक्षमा सिन्धु भट्टराई रहेका छन् भने समितिको सदस्यहरुमा रत्ना भट्टराई शर्मिला भट्टराई, शिव भट्टराई, बिन्दु भट्टराई, सुस्मा भट्टराई साबित्रा भट्टराइर्, सुनिता भट्टराई, तारा भट्टराई, सकुन्त्ला भट्टराई, शिव भट्टराई, बिष्णु भट्टराई, रिता भट्टराई रहेका छन् । साथै सोही भेलाले सल्लाहकारमा बिष्णुमाया भटराई र हरिमाया भटराईलाई चयन गरेको छ ।
Discussion about this post