लेखनाथ,११ भाद्र ।
१५औ पुस्तकालय दिवसको अवसर पारेर पोखरा २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले चित्रकला प्रतियाृगिता सम्पन्न गरेको छ । पढौ पढाऔं निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔ भन्ने आर्दश वाक्यका साथ मनाउदै गरिएको यस बर्षको पुस्तकालय दिवसका अवसरमा पुस्तकालयले बालबालिकाको प्रतिभा प्रष्फुटन गर्ने तथा पुस्तकालय निरन्तर आउने वातावरणका लागि चित्रकला प्रतियोगिता राखेको हो ।
पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको प्रतियोगितामा लिटल फ्लावर एजुकेसनल एकेडीमी पोखरा २७ रिठेपानीकी अर्माली पौडेलले प्रथम स्थान हासिल गरिन् यसै गरी जनप्रकाश मा.वि पोखरा २९ का इपेश नेपालीले दोस्रो तथा सिलसिला इगलिस स्कुल नहरचोकका सम्राट तामाङ्गले तेस्रो स्थान हासिल गरेका थिए । प्रतियोगितामा जनप्रकाशकी बिज्ञाता बास्तोला र नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँका प्रज्जवल पौैडेलले चौथो स्थान हॉसिल गरेका थिए ।
बिजयी प्रतियोगिहरुलाई पोखरा महानगरपालिका वडा नं २९ की वडा सदस्य निर्मला पौडेल र कार्यक्रम संयोजक एवम् पुस्तकालयका कार्यसमिति सदस्य मिनकुमारी डल्लाकोटीले पुरस्कार वितरण गरेका थिए । कार्यक्रम संयोजक मिन कुमारी डल्लाकोटीले पुरस्कार वितरण गर्दै पुस्तकालय दिवसको महत्वबारे बोलेकी थिइन भने वडा सदस्य पौडेलले पुस्तकालयले बालबालिकाहरुको सिर्जनात्मकता विकास गर्न यस खालको कार्यक्रम गरेकोमा खुशी व्यक्त गरिन। प्रतियोगितामा बिभिन्न बिद्यालयका १५ जना प्रतिस्पर्धीले सहभागिाता जनाएका थिए । कार्यक्रममा लेखनाथ उद्मोग वणिज्य संघका पूर्व अध्यक्ष बलराम ढकाल, पुस्तकालयका कार्यसमिति सदस्य विष्णुहरि पौडेल,लाइब्रेरीकी धनु पहारी लगायतले शुभकामना दिएका थिए ।
Discussion about this post