लेखनाथ, ११ भदौ । लायन्स क्लव अफ पोखरा लेखनाथले कुशैं औसीको दिन पारेर शनिबार पोखरा–२७ सयलेपाखा स्थित श्रीकृष्ण प्रणामी मन्दिर बृद्ध तथा बाल आश्रममा लत्ताकपडा एवं खाद्यान्न सहयोग गरेको छ ।
संस्थाको तर्फबाट र पोखरा २६ निवासी मिलु राईले आफ्ना दिवंगत बाबाको सम्झनामा गरी संयुक्त रुपमा ५० हजार बराबरको खाधान्न र लत्ताकपडा हस्तान्तरण गरीएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल ३२५ जे नेपालकी द्धितीय भिडिजि लायन मिलन थापाले विभिन्न बेला र अवसर पारेर क्लवले गरिरहेका सामाजिक कार्यहरुको प्रशंसा गर्दै आफुलाई पनि त्यो अवसर प्रदान गरेकोमा आभार व्यक्त गरेकी थिईन ।
उनले आश्रममा आश्रित बृद्ध बुवा आमाहरुलाई सहयोग पुर्याउने एवं दिवंगत पितृहरुको आत्माको चिर शान्तिको कामना गर्दै सहयोग प्रदान गर्ने मिलु राईलाई पनि आभार व्यक्त गरिन । उनले आफ्ना बृद्ध बाबा आमाहरु जिवित रहँदै सेवा गर्नुपर्ने सन्ततीको दायित्व हुने र दिवंगत पछिको अवस्थामा पनि सम्झना गर्दै सहयोगका कार्यहरु गर्नु उत्तम हुने वताउँदै १५ वर्ष अघि आफुले पनि बुवालाई गुमाउनु परेको वताउँदै भावुक बनेकी थिईन ।
उक्त अवसरमा विशेष अतिथी पोखरा महानगरपालिका वडा नं. २७ का अध्यक्ष पुर्ण कुमार गुरुङले बृद्ध बुवा आमाहरु जिउँदो भगवान भएको वताउँदै उनीहरुको सेवाबाट नै पुण्य कमाउन सकिने वताउँदै आश्रमको विषयमा वडाले महत्वपुर्ण भुमिका खेलेको आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
यस्तै लेखनाथ सामुदायीक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाका अध्यक्ष त्रिलोचन लामिछानेले विशेष दिन पारेर क्लव एवं दानदाताहरुले वृद्धवृद्धाहरुलाई सहयोग गरेर ठुलो पुण्यको काम गरेको वताउँदै धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा सहयोग ग्रहण गर्दै वृद्ध तथा बालआश्रमका सचिव तिलकशाली अधिकारीले सहयोग प्रति आभार व्यक्त गर्दै प्राप्त सहयोगलाई वृद्धवृद्धाहरुको हेरचाह एवं आश्रमको भौतीक उत्थानमा प्रोग गरीने वताएका थिए ।
कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष हरि बस्ताकोटी, लायन्स क्लब ईन्टरनेशनल ३२५ जे नेपालका जोन चियर पर्सन घनश्याम ढुंगाना, सिक्स ए एम फुटवल क्लव अमरसिंह पोखराका सचिव दिनेश कुमार जिसी लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष आनन्द बजगाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष ओम प्रसाद कुमालले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सह–सचिव चन्द्रकान्त अधिकारीले गरेका थिए ।
Discussion about this post